तामाङ समाज अमेरिकाको भब्यता पुर्वक न्यूयोर्कमा सोनाम ल्होछार सम्पन्न

 

न्यूयोर्क तामाङ समाज अमेरिकाले भब्यता पुर्वक न्यूयोर्कमा सोनाम ल्होछार कार्यक्रम सम्पन्न गरेको  

तामाङ समुदायको महान पर्व सोनाम ल्होछार २८५८ औं ताक/च्यान (बाघ वर्ग) को अवसरमा न्युयोर्कको क्विन्स स्थित गुल्सन टेरासहलमा शनिबार साँझ :०० बजे बाट सुरु भई :०० बजे चलेको उक्त कार्यक्रममा न्युयोर्क आसपासको क्षेत्रमा बसोबास गर्नेनेपालीहरुको बाक्लो उपस्थिती रहेको थियो

कार्यक्रमको औपचारिकता संस्थाकी अध्यक्ष विनिता तामाङको सभापतित्वमा भएको कार्यक्रममा नेपाल महाबाणिज्यदुतावासकोकार्यालय न्युयोर्कका बाणिज्यदुत गणेश अधिकारीले प्रमुख आथित्यता ग्रहण गर्नु भएको थियो

कार्यक्रममा लोक तथा दोहोरी गायक मिलन लामा, ट्रान्सजेन्डर मोडल अन्जली लामा, वरिष्ठ म्हेन्दोमाया गायक हेम वाइबाको बिशेषप्रस्तुति रहेको थियो भने कार्यक्रममा पुर्ब मिस नेपाल युनिभर्स नग्मा श्रेष्ठ, आशिका शर्मा, मोडल/नायिका रंजिता गुरुंग संस्थालाईप्रतिनिधित्व गरी बिशेष पाहुनाहरुको साथै बिशेष गरी कार्यक्रममा युबाहरुको उल्लेख्य उपस्थिती रहेको थियो

नेपालबाट पाल्नु भएका कलाकारहरुको प्रस्तुति संगै न्युयोर्कमा बसोबास गर्ने कलाकारहरुको पनि उत्कृष्ट प्रस्तुति रहेको थियो

हाम्रो संस्कार, संस्कृति, परम्पराको संरक्षण प्रवर्द्धनको लागि हरेक वर्ष न्यूयोर्कमा ल्होछार कार्यक्रम मनाउँदै आएको आफ्नो देशहोस् वा प्रवासमा होस् तामांग समुदाय मात्रै नभैकन जो कोही नेपालीलाई पनि समुदायको हितको लागी तामांग समाज अमेरीकाकोक्षमताले भ्याए सम्म सहयोग पनि गर्दै आईरहेको भबिष्यमा पनि निरन्तर गर्दै जाने आजको कार्यक्रममा पाल्नु भएका सम्पुर्णपाहुनाहरुलाई धन्यबाद पनि दिनु चाहन्छु बिनिता तामांग, अध्यक्ष, तामांग समाज अमेरीका

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.