एनपीएल उद्घाटन खेलको टिकट आधा घण्टामै सकियो

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणको उद्घाटन खेलका लागि अनलाइन टिकट बुकिङ खुलेको आधा घण्टामै टिकट सकिएको छ। प्रतियोगिताको आधिकारिक टिकटिङ साझेदार इसेवाका अनुसार बिहीबार साँझ ८ बजे खुलेको टिकट बुकिङ साढे ८ बजे नै बन्द भएको हो ।

एनपीएल सोमबारदेखि कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा सुरु हुँदैछ। प्रतियोगिताको उद्घाटन खेलमा साविक विजेता लुम्बिनी लायन्स र उपविजेता सुदूरपश्चिम रोयल्सबीच प्रतिस्पर्धा हुनेछ।

नेपाल क्रिकेट संघ (क्यान) ले लिग चरणका खेलका लागि साधारणतर्फ ५०० रुपैयाँ र प्रिमियमतर्फ एक हजार रुपैयाँ टिकट शुल्क निर्धारण गरेको छ।

त्यस्तै, इलिमिनेटर र फाइनल खेलका लागि साधारण टिकटको मूल्य एक हजार रुपैयाँ तथा प्रिमियम टिकटको मूल्य दुई हजार रुपैयाँ तोकिएको छ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.