एक्स्ट्रिम इनर्जी ड्रिंक्सको “स्क्यान मा सुन” अभियान सार्वजनिक

विश्वकप फुटबल प्रतियोगिता २०२६ को उत्साहसँगै ग्राहकलाई सुनको बल जित्ने अवसर

जेठ ३, काठमाडौं । नेपाली युवामाझ लोकप्रिय एक्स्ट्रिम इनर्जी ड्रिंक्सले आगामी विश्वकप फुटबल प्रतियोगिता २०२६ को माहोललाई थप रोमाञ्चक बनाउन “स्क्यान मा सुन” नामक आकर्षक उपहार योजना सार्वजनिक गरेको छ ।

शुक्रबार एक्स्ट्रिम इनर्जी ड्रिंक्स क्यानमा के छ ? “स्क्यान मा सुन” नामक आकर्षक उपहार योजना अभिनेता राजेश हमालले सार्वजनिक गरेका हुन् । उक्त कार्यक्रममा कलाकार, मिडियाकर्मी, सामाजिक सञ्जाल प्रयोगकर्ता, खेलाडी तथा व्यवसायीहरुको बाग्लो उपस्थिति रहेको थियो ।

फुटबलप्रेमी तथा ग्राहक लक्षित यस अभियान अन्तर्गत एक्स्ट्रिम इनर्जी ड्रिंक्सको क्यानमा रहेको क्यूआर कोड स्क्यान गरी आफ्नो विवरण भरेपछि ग्राहकहरू गोलाप्रथामा सहभागी हुन सक्नेछन् । यस अभियानमार्फत सहभागीहरूमध्ये ३ जना भाग्यशाली विजेतालाई जनही सुनको बल पुरस्कार प्रदान गरिने कम्पनीले जनाएको छ । साथै, यो योजना जेष्ठ १ गतेदेखी विश्वकप फुटबल प्रतियोगिता २०२६ को खेल अवधिभर सञ्चालन गरिने छ ।

 

विश्वकप फुटबल २०२६ को विश्वव्यापी उत्साहलाई नेपाली बजारसँग जोड्दै ग्राहकलाई थप उत्साहित र सहभागी बनाउने उद्देश्यले यो योजना ल्याइएको कम्पनीको जनाएको छ । कम्पनीका अनुसार “स्क्यान मा सुन” अभियानले फुटबलप्रेमी युवाहरूमा मनोरञ्जन, सहभागिता र पुरस्कारको उत्साह एकैसाथ प्रदान गर्ने विश्वास लिइएको छ । एक्स्ट्रिम इनर्जी ड्रिंक्सले विगतदेखि नै युवा लक्षित विभिन्न नविनतम अभियान सञ्चालन गर्दै आएको छ भने यस अभियानले पनि बजारमा थप उत्साह सिर्जना गर्ने अपेक्षा गरिएको छ । अभियान सम्बन्धी थप जानकारी एक्स्ट्रिम इनर्जी ड्रिंक्सको आधिकारिक सामाजिक सञ्जाल प्राप्त गर्न सकिनेछ ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.