सुनचाँदीको मूल्य घट्यो

काठमाडौं । नेपाली बजारमा आइतबार सुनचाँदीको मूल्य घटेको छ । सुनको मूल्य प्रतितोला दुई हजार ९०० र चाँदीको मूल्य ६० ले घटेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार, छापावाल सुन प्रतितोला दुई लाख ९१ हजार ९०० र त्यति नै परिमाणको चाँदीको मूल्य चार हजार ३९० कायम भएको छ ।

गत शुक्रबार एक तोला छापावाल सुन दुई लाख ९४ हजार ८०० र एक तोला चाँदी चार हजार ४५० मा खरिदबिक्री भएको थियो । रासस

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.