पाँचखालबाट ३६ जना चिनियाँ नागरिक नियन्त्रणमा

मंसिर १, काठमाडौँ । काभ्रेपलाञ्चोक जिल्लाको पाँचखाल–७ स्थित ह्वाइट पार्क रिसोर्टमा प्रहरीले छापा मारेको छ ।

सो क्रममा प्रहरीले केही थान ल्यापटप र मोबाइलसहित ३६ जना चिनियाँ नागरिकलाई नियन्त्रणमा लिएको छ । चिनियाँ नागरिकहरूको शंकास्पद गतिविधि भइरहेको स्थानीयको गुनासोपछि जिल्ला प्रशासन कार्यालय र जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकको संयुक्त टोलीले छापा मारेको थियो ।

जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकका सूचना अधिकारी डीएसपी रबिन विष्टका अनुसार ३६ जनामध्ये ३१ जना पुरुष र ५ जना महिला छन् । घटनाबारे थप अनुसन्धान तथा आवश्यक कानुनी प्रक्रिया अघि बढाइएको प्रहरीले जनाएको छ ।

छापा मार्ने क्रममा रिसोर्टका दुईवटा कोठा अत्यन्तै शंकास्पद देखिएपछि थप अनुसन्धानका लागि प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) को विशेष टोलीसमेत बोलाइएको छ । घटनाबारे विस्तृत अनुसन्धान तथा आवश्यक कानुनी प्रक्रिया अघि बढाइएको प्रहरीले जनाएको छ ।

पछिल्लो समय काभ्रेका विभिन्न रिसोर्टहरूमा चिनियाँ नागरिकको बाक्लो उपस्थिति देखिन थालेको छ । पाँचखालमा मात्र नभई धुलिखेलको देवीथानस्थित गन्तव्य रिसोर्ट, पनौतीस्थित थुम्की रिसोर्ट र बल्थली माउन्टेन रिसोर्टलगायतका स्थानमा समेत उनीहरू मासिक रूपमा ठूलो रकम भाडा तिरेर बस्दै आएको पाइएको छ ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.