जेएन्डबी बारिस्टा एकेडेमी सञ्चालनमा, वरिष्ठ अधिवक्त बिडारीले गरे उद्घाटन

जेठ ३, मकवानपुर । हेटौँडा–४ स्थित स्कुल रोडमा जेएन्डबी बारिस्टा एकेडेमी सञ्चालनमा आएको छ ।

एकेडेमीको उद्घाटन पूर्व सांसद, संविधानसभा सदस्य एवं वरिष्ठ अधिवक्ता रामनारायण बिडारी र प्राविधीक शिक्षा तथा व्यवसायिक तालिम परिषद सिटीभिटीका बागमती प्रदेशका कार्यकारी निर्देशक शान्ती लामाले संयुक्त रूपमा रिबन काटेर गर्नुभएको हो ।

एकेडेमीका सञ्चालक तथा युवा उद्यमी जगदीश बिडारीले विदेशमा आठ वर्ष काम गरेपछि हेटौँडामा विगत चार वर्षदेखि जेएन्डबी कफी सञ्चालन गर्दै आउनुभएको छ । उहाँले सिटिइभिटीसंगको समन्वयमा वारिष्टा तालिम र आफ्नो स्वउद्यमको लागि कफि शप सञ्चालनमा ल्याएसंगै धेरैलाई सिप र रोजगारी बढाउन सकेको बताउनुभयो । व्यवसायसंगैं उहाँले सानो लगानीमै स्वदेशमा क्याफे सञ्चालन गरेर केही रोजगारी समेत सृजना गर्नुभएको छ । बिदेशमा गर्ने मेहनत स्वदेशमै केही आम्दानी गर्नका साथै केही रोजगारी सृजन गर्न उहाँ सफ हुनुले आफुलाई आत्मसन्तुष्टी बढाएको सञ्चालक बिडारीको भनाई छ ।

साथै बारिस्टा लगायतका सीप युवाहरूबीच लोकप्रिय बन्दै गएको र वैदेशिक रोजगारीमा जान चाहनेका लागि समेत उपयोगी भएकाले करिब १५ लाख रुपैयाँ लगानीमा एकेडेमी सञ्चालनमा ल्याइएको जानकारी दिनुभयो । उद्घाटन कार्यक्रममा वरिष्ठ अधिवक्ता बिडारीले विदेशमा सिकेको ज्ञान, सीप र अनुभवलाई स्वदेशमा उपयोग गर्नु सकारात्मक काम भएको बताउनुभयो । उहाँले यस्ता युवाहरुलाई समाजले प्रोत्साहन गर्नुपर्ने र स्वउद्यम नै सफलताको कडि भएको बताउनुभयो ।

यस्तै कार्यक्रममा सिटीभिटीका बागमती प्रदेशका कार्यकारी निर्देशक शान्ती लामाले जे एन्ड बि कफी बार परिवारप्रति हार्दिक धन्यवाद गर्दै नयाँ यात्राले सफलता, आत्मीयता र सुगन्धित सम्भावनाको निरन्तर विस्तार पाओस भन्ने शुभकामना दिनुभयो । एकेडेमीमा बारिस्टा, बारटेन्डर, सुशी, बेकरी, पिज्जा, कुकिङ, हाउस किपिङ, तन्दुर, बर्गर र स्यान्डविच सम्बन्धी तालिम सञ्चालन गरिनेछ । तालिम अवधि १५ दिनदेखि ३ महिनासम्म रहने बताइएको छ ।

सञ्चालक बिडारीका अनुसार सरकारी तथा गैरसरकारी संस्थासँग सहकार्य गरेर पनि सीपमूलक तालिम सञ्चालन गर्न सकिनेछ । साथै वैदेशिक रोजगारीमा जान चाहने युवाहरूलाई सीपसम्बन्धी परामर्श सेवा समेत प्रदान गरिनेछ ।

 

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.