मध्यपुरथिमिमा मल्लकालीन युद्धको झल्को दिने खाँ पिहाँवइगु जात्रा

काठमाडौं । असोज शुक्ल पक्षको एकादशीका अवसरमा बिहीबार भक्तपुरको मध्यपुरथिमिमा मल्लकालीन युद्धको झल्को दिने खाँ पिहाँवइगु जात्रा मनाइएको छ ।

तत्कालीन राजदरबारका रूपमा रहेको लाय्कुस्थित तलेजु भवानीको द्यो छेंबाट खड्ग, तरबार, ढाल र युद्धकवजलगायत मल्लकालीन युद्धमा प्रयोग हुने सामग्री निकालेर युद्धकला प्रदर्शन गर्दै जात्रा मनाइएको हो।

दरबारसँग सम्बन्धित विभिन्न समुदायको सहभागिता रहने जात्रामा गुठीयारले जामा लगाएर हातमा खड्ग, ढाल र तरबार बोकी नगरका विभिन्न टोलमा तत्कालीन युद्धकला प्रदर्शन गर्छन्।

तत्कालीन दरबारबाट निकालिने यो जात्रा थहनेया टोल (माथिल्लो टोल) अन्तर्गत इनाएटोल, दुईपोखरी हुँदै दिगु भैरवसम्म र कोहनेया टोल (तल्लो टोल) अन्तर्गत दथुटोल हुँदै बालकुमारीसम्म प्रदर्शन गर्ने परम्परा छ। जात्राका क्रममा दसैँको नवमीमा तलेजु भवानीलाई चढाइएको बलि, कोतभित्र अवस्थित देवता र दरबारको राजदण्डसमेत समावेश गरी नगर परिक्रमा गराइन्छ।

जात्राका अवसरमा बालकुमारीमा कुभिन्डो काटेर बलि दिने परम्परा छ। बलि दिइएको कुभिन्डोलाई प्रसादका रूपमा ग्रहण गरे रोगबाट बच्न सकिने जनविश्वास छ। जात्रा अवलोकन गर्न स्थानीयवासीको ठूलो भीड लाग्ने गर्छ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.