चैत २५, काठमाडौं । च्वास्स झोल म:म ले ५३ औं शाखा विस्तार गरेको छ।
काठमाडौंको मुट्टु अनामनगर स्थित घट्टेकुलोमा ५३ औं शाखा सञ्चालन गरेको झोल म:म उद्योगका संचालक नवराज ढकालले जानकारी दिए । सोमबार उक्त शाखाको उद्घाटन गर्दै म:म सबै उमेर समुहको रोजाइ भएकोले ग्राहकको माग अनुसार शाखा विस्तार भएको संचालक ढकालले बताए ।
आफ्नै उद्योगबाट म:म को लागि चाहिने कच्चापदार्थ उत्पादन गरि सबै शाखामा एकनासको स्वाद उपलब्ध गराउन लक्ष्यसहित शाखाहरु वितरण भइरहेको उनले बताए । काठमाडौं उपत्यकाको विभिन्न स्थानको अध्ययन र अवलोकन गरि लगानीकर्ता, व्यवसायी तथा व्यवस्थापन पक्षलाइ च्वास्स झोल म:म को शाखा विस्तार गर्न सुझाव दिने गरेको बताए । च्वास्स झोल म:म उद्योगले करिव पाँच सयभन्दा बढी युवालाई रोजगारी दिएको झोल म:म को परिकल्पनाकार एवम् उद्योग संचालक ढकालले जानकारी दिए ।
झोल म:म अनामनगर शाखाको सञ्चालिका बिमला नगरकोटीले ग्राहकको समय र स्वास्थ्यको समेत मध्यनजर गरी सेवा प्रवाह गर्ने बताएकी छिन् । उद्घाटन दिनमै पत्रकार, वकिलदेखी विभिन्न कार्यालयमा कार्यरत कर्मचारी तथा अन्य ग्राहकहरु म:म को स्वाद लिन आएको बताइन् ।

स्वस्थ, स्वादिष्ट र बोसोरहित म:म लगायत अन्य परिकारहरु पनि उपलब्ध गराउने व्यवसायी नगरकोटिले जानकारी दिइन् ।

