गोकर्णेश्वरको ओख्रेनीमा २० दिने होमस्टे तालिम सम्पन्न

पुस १२, काठमाडौँ । गोकर्णेश्वर नगरपालिका वडा नं. १ स्थित ओख्रेनीमा २० दिने होमस्टे तालिम सम्पन्न भएको छ ।

‘सीप सिकौँ, आत्मनिर्भर बनौ’ भन्ने अभियानका साथ गोकर्णेश्वर नगरपालिकाको आर्थिक सहयोगमा उक्त तालिम सम्पन्न भएको हो । काठमाडौँ जिल्लाकै विकट बस्तीको रूपमा चिनेका ओख्रेनी र चिलाउने गाउँ पछिल्लो समयमा पर्यटकीय केन्द्रको रूपमा विकास हुँदै गएको छ । प्राकृतिक शौन्दर्य र स्वच्छ हावापानीका साथ मन भुलाउन आउने आगुन्तकहरूलाई व्यवस्थापन गर्न  होटल तथा होमस्टेको आवश्यकतालाई मध्यनजर गर्दै सो क्षेत्रमा स्थानीय महिला तथा युवाहरूलाई निःशुल्क तालिमको आयोजना गरेको आयोजकले बताए ।

मंसिर १६ गतेदेखि सञ्चालन भएको तालिमको आज समापन गर्दै गोकर्णेश्वर नगरपालिका प्रमुख दीपक कुमार रिसाल र उपप्रमुख सान्नानी लामा, वडाध्यक्ष द्वारिका लाल श्रेष्ठ,   वडा सदस्य श्रीकृष्ण तामाङ र युवा तथा खेलकुद नगर समिति संयोजक सन्जय लामा लगायतको उपस्तिमा होमस्टे तालिममा सहभागी प्रशिक्षार्थीहरूलाई प्रमाणपत्र वितरण गरेका हुन् । गोकर्णेश्वर नगरपालिकाको बजेटमा वडा नं. १ को समन्वय तथा पफेक्ट म्यानपावर टे«निङ सेन्टर प्रा.लिको प्राविधिक सहयोगमा सञ्चालित उक्त तालिममा सिताराम स्याङतानले प्रशिक्षण दिएको कार्यक्रम संयोजक बालकृष्ण श्रेष्ठले बताए ।

शुभकामना मन्तव्य राख्दै गोकर्णेश्वर नगरपालिका प्रमुख दीपक कुमार रिसाल

प्रशिक्षार्थीहरूलाई शुभकामना तथा बधाई दिदै कार्यक्रमको प्रमुख अतिथि समेत रहेका नगर प्रमुख दीपक कुमार रिसालले आफ्नो ज्ञान, सीपलाई गतिशिल रूपमा अगाडी बढाउन आग्रह गरे । नगरपालिकाले २०८०÷०८१ को नीति तथा कार्यक्रममा समावेश गरेको योजना अन्तरगत पर्यटन प्रवद्र्धन तथा व्यवस्थानका लागि होमस्टे तालिमको लागि बजेट प्रदान गरेको बताए । नगरपालिकको प्राकृतिक शौन्दर्यताले भरिएको सुन्दरीजल, मुलखर्क, चिलाउने, ओख्रेनी, तारेभिर लगायत क्षेत्र पर्यटकीय केन्द्रको रूपमा विकास गर्न नगरपालिका लागेको बताउँदै बजेटको सदुपयोग गरि आत्मनिर्भर तथा आर्थिक वृद्धिदर बढाउन त्यस प्रकारको कार्यक्रम राखेको बताए ।

प्रमुख रिसालले भौतिक पूर्वाधारको विकास विना परिवर्तन नहुने बताउँ सो सुन्दरीजल–ओख्रेनी सडक निर्माणको लागि साढे सात करोडमा टेन्डर प्रक्रियामार्फत काम भईरहेको बताए । नगरपालिकाको स्थानीय र जनप्रतिनिधिको विशेष पहलमा सुन्दरीजल प्रवेश शुःल्क हटाउन सफल भएको खुशी व्यक्त गर्दै अब त्यस क्षेत्रमा आन्तरिक पर्यटनको संख्या बढ्नेमा विश्वास गरे । पर्यटनको स्वागत तथा सत्कारका लागि आवश्यक पूर्वाधारकै रूपमा बाटो, बस्ने व्यवस्थापनका लागि होमस्टे तालिमले सार्थकता मिल्ने बताउँदै सामूहिक रूपमा होमस्टे सञ्चालन गर्न समेत सुझाव दिए ।

शुभकामना मन्तव्य राख्दै गोकर्णेश्वर नगरपालिका उपप्रमुख सान्नानी लामा

त्यस्तै उपमेयर सान्नानी लामाले शुभकामना व्यक्त गर्दै होमस्टेले ज्ञान, सीप र दक्षताको वृद्धिस्तर बढाएसंगै आर्थिक आयआर्जन गर्नमा टेवा पुग्ने बताईन् । आफ्नै गाउँघरमा पर्यटन भित्र्याउन सकेमा अन्यत्र गएर रोजगार खोज्नुपर्ने अवस्था अन्त्य हुने बताउँदै सिकेको सीपलाई कार्यन्वयनमा ल्याउन सामूहिक रूपमा होमस्टे सञ्चालन गर्न सुझाव दिइन् । उपमेयर लामाले स्थानीय स्रोत साधनको प्रयोग र उत्पादनलाई प्रवद्र्धन हुने गरी पहुनालाई सत्कार गर्न सके आन्तरिक तथा बाह्या पर्यटकको लर्को लाग्ने सम्भावना रहेको बताइ्न । होमस्टे तालिमले निकट भविश्यमा सामुहिक भावना र युवा तथा महिला शसक्तिकरणमा सहयोग पु¥याउने विश्वास गरिन् ।

 

कार्यक्रममा वडा अध्यक्ष द्वारिका लाल श्रेष्ठ, वडा सदस्य श्रीकृष्ण तामाङ, युवा तथा खेलकुद नगर संयोजक सञ्जय लामा लगायतले शुभकामना मन्तव्य राखेका थिए । २० दिनसम्म चलेको सो तालिममा २१ जना प्रशिक्षार्थीहरू सहभागी रहेको कार्यक्रम संयोजक बालकृष्ण श्रेष्ठले बताए ।

 

 

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.