च्वास्स झोल मःम को ५० औँ शाखा ललितपुरको हरिसिद्धीमा

मंसिर १९, काठमाडौँ । ग्राहकहरूको सर्वाधिक रोजाईको मःम च्वास्स झोल मःम को ५० औँ शाखा ललितपुरको हरिसिद्धीमा सञ्चालनमा आएको छ ।

आज एक औपचरिक कार्यक्रमका साथ उक्त शाखाको उद्घाटन गरिएको हो । शाखा उद्घाटनमा च्वास्स झोल मःम उद्योगका परिकल्पनाकार एवम् सञ्चालक नवराज ढकालसहित कलाकार तथा व्यवसायीहरूको विशेष उपस्थिति रहेको हरिसिद्धी शाखा सञ्चालक कौशिला लिम्बू (बाक्सिङ) ले जानकारी दिइन् ।

पारिवारिक वातावरण एवम् पूर्ण रूपमा हाइजेनिक भान्सासहित सञ्चालनमा ल्याएको सो शाखाले उद्घाटनको प्रारम्भि चरणमा आउने ग्राहकहरूलाई २० प्रतिशत छुटको व्यवस्था गरिएको सञ्चालक लिम्बुले जानकारी दिइन् । पछिल्लो समयमा ग्राहकको रोजाई बन्न सफल झोल मःम उद्योगले मःम मसला, किमा लगायत खाद्य वस्तु आफैले उत्पादन गर्दै शाखाहरूमा विस्तार गर्दै आएको उद्योगका सञ्चालक नवराज ढकालले जानकारी दिए ।

छोटो समयमा सयौ युवालाई स्वदेशमै रोजगार दिन सफल व्यवसायीको रूपमा आफुलाई चिनाउन सफल ढकालले च्वास्स झोल मःम छिटो छरितो पार्टी प्यालेस, कुटी रिर्सोट लगायत थुप्रै ठाउमा होटल तथा रेस्टुरेन्ट सञ्चालन गरेका छन् ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.