रूवाउने पनि साथी, साथीले नै हँसाउछन्।
बचाउँने यिनै साथी, साथीले नै फसाउँछन् ॥
चिया खाम्न साथी भन्छन्, कति बोतल लडाउँछन्।
अब जान्न भन्छु निम्ता, साली हात पठाउँछन्
पिउँदिन अब भन्छु, दुइ बोतल पिलाई छाड्छन्।
पिउदिन चुरोट भन्यो नाकमा ल्याइ सुर्ती माड्छन्॥
साथी पनि कस्ता– कस्ता उमेरमा बाउँ जस्ता।
माया मुटु चोर्न सक्ने, लागें भने राहु जस्ता॥
मेरो तलब आउनै हुन्न वरीपरी घेरी हाल्छन्।
यो साथी त कर्ण हो नी गफैगफले बेरी हाल्छन्॥
यो साथीले मार्दा पनि काट्दा पनी खुशि लाग्छ।
महिना भरको खर्च एकै दिनमा बाढ्दा पनि खुशि लाग्छ ॥
अलि– अलि जोकर जस्ता क्यसिनोका पोकर जस्ता।
मलाई सेन्टीफ्ल्याट बनाएर छाद सोर्ने नोकर जस्ता ।।

