लडाई हो जिन्दगी

 – मदन मायालु

लड्दै र पढ्दै अघि बढ्दै
प्रगतिको शिखर चढ्दै
कहिले जित्दै कहिले हार्दै
सत् जोगाउदै असत् मार्दै
कडा हुन्छ फलाम कडै हो जिन्दगी
बाचुन्जेलको हाम्रो लड़ाई हो जिन्दगी ।

बालापनमा हार्दै जित्दै
जवानीमा सिमाना मिच्दै
सबको भलो र जीवन सिंच्दै
सफलताको चित्र खिच्दै
सफलताको बडाइ हो  जिन्दगी ।

दिनेको दानको बर्चस्व छ
अरुको भलाइमा सर्वस्व छ
आफु सकिए पनि अरु बचुन्
यस्मै इश्वरको अस्तित्व छ ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.