न्युयोर्कमा नेपालीको नेतृत्वमा रहेको लायन्स क्लबको “पदस्थापन तथा शपथग्रहण” कार्यक्रम सम्पन्न

न्युयोर्क न्युयोर्कमा नेपालीहरुको नेतृत्वमा रहेको दुई वटा क्लबका २०२२२०२३ नेतृत्वका लागी नयॅा पदाधिकारीहरुको पदस्थापनतथा शपथ ग्रहण कार्यक्रम सम्पन्न भएको

गत आईतबार जुलाई ३१,२०२२ का दिन न्युयोर्कको वुडसाईडमा दुई नेपाली लायन्स क्लबहरु लायन्स क्लब अफ क्विन्स बुद्ध लायन्सक्लब अफ क्विन्स केटिएमको संयुक्त संयोजकत्वमा २०२२२०२३ का लागी चयन भएका दुबै क्लबका नब पदाधिकारीहरुको पदस्थापन तथा शपथ ग्रहण कार्यक्रम “Officers Installation Night” सम्पन्न भएको हो कार्यक्रममा स्वागत नृत्य लाक्पाडोल्माले प्रस्तुत गर्दा बिदेशि पाहुनाहरु उत्हासित बनेका थिए

लायन्स क्लब अफ क्विन्स बुद्धका चार्टर्ड उपाध्यक्ष लायन दिपक राज घिमिरेले संचालन गरेको कार्यक्रममा अन्तराष्ट्रिय लायन्स क्लब्स जिल्ला २०के१, ब्रुक्लिन, क्विन्सका जिल्ला गभर्नर तथा कार्यक्रमका प्रमुख अतिथी लायन ईंग्रिड आन्द्रिउ क्याम्पबेलले दुबै क्लबकाअध्यक्ष सहितका पदाधिकारीहरुलाई शपथ ग्रहण खुवाएका थिए

कार्यक्रमको सभापतित्व क्विन्स केटिएमका नब अध्यक्ष लायन रश्मी श्रेष्ठ क्विन्स बुद्धका नब अध्यक्ष लायन खडग बहादुर पुलामी(बिक्की) ले गरेका थिए कार्यक्रममा गत बर्ष सम्पन्न गरेका कार्य बिबरण दुबै क्लबका निबर्तमान अध्यक्षद्वय लायन रिमाया नेपाली(लायन्स क्लब क्विन्स बुद्ध) लायन अशोक कार्की (लायन्स क्लब क्विन्स केटिएम)ले बेग्ला बेग्लै कार्य बिवरण प्रस्तुत गरेका थिए

कार्यक्रममा बिशेष अतिथीको रुपमा रहनु भएका नेपाल महाबाणिज्य दुतावासको कार्यालय,न्युयोर्कका बाणिज्यदुत गणेश प्रसादअधिकारी, अन्तराष्ट्रिय लायन्स क्लब्स जिल्ला २०के१ का पदाधिकारीहरु, लायन्स क्लब क्विन्स बुद्धका चार्टर्ड अध्यक्ष कृष्ण आचार्य लायन्स क्लब क्विन्स केटिएमका चार्टर्ड अध्यक्ष रुद्र पुनले बधाई तथा कार्यकाल सफलताको शुभकामना ब्यक्त गरेका थिए

कार्यक्रममा दुबै क्लबको सुरुवाती देखि संयुक्त रुपमा गर्दै आईरहेको कार्यक्रममा आर्थिक सहयोग गरेका सहयोगदाताहरुलाईलेटरअफ एप्रिसियसनप्रदान गरेका थिए भने सहयोगदाता मध्ये बाट सम्पुर्णलाई प्रतिनिधित्व गर्दै बुद्ध ट्याक्स एण्ड एकाउन्टिंगकासंचालत तथा सिपिए पशुपती श्रेष्ठले शुभकामनाको साथै भबिष्यमा पनि एस्ता खाले सहयोग गकिरहने प्रतिबद्धता ब्यक्त गरेका थिए २०२२२०२३ कार्यकाल सफलता पुर्बक सम्पन्न गर्न कटिबद्ध भई सेवाभाब लिएर सामुहिक कार्यमा जोड दिदै सामुहिक कार्यबाट मात्रएकता, शान्ति मानबिय कार्यको सार्थकता पुरा हुने कुराको प्रतिबद्धता जाहेर गर्दै क्विन्स केटिएमकी नबअध्यक्ष रष्मी श्रेष्ठलेअग्रजहरुको माया समर्थनले आज यहॅा सम्म आईपुगेको भन्दै धन्यबाद ब्यक्त गरेका थिए भने अर्का क्विन्स बुद्धका नबअध्यक्ष खडगबहादुर पुलामी (बिक्की)ले आजको यस साक्षी कार्यक्रममा साक्षीको हिस्सा बन्न आउनु भएकोमा धन्यबाद मात्र ब्यक्त गर्दै बाकी अर्को बर्षमा भनेका थिए कार्यक्रममा

लायन्स क्लब अफ क्विन्स केटिएमका सचिब करुणा श्रेष्ठले स्वागत मव्तब्य राखेका थिए भने कार्यक्रममा भोट अफ थ्यांक्स क्विन्सबुद्धका सचिब लायन चन्द्र नेपालीले दिदै कार्यक्रम समापन भएको थियो

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.