क्विन्स केटिएम लायन्स क्लबको आयोजनामा “महिला स्वास्थ्य सचेतना” कार्यक्रम सम्पन्न भएको छ ।

न्युयोर्क क्विन्स केटिएम लायन्स क्लब, न्युयोर्कले आयोजना गरेको महिला स्वास्थ्य सम्बन्धि सचेतना कार्यक्रम सम्पन्न भएको

गत शनिबार जुलाई १६ का दिन न्युयोर्कको क्विन्स, ज्याक्सन हाईट्समा क्विन्स केटिएम लायन्स क्लबको आयोजनामा महिलाहरुकोस्वास्थ्य सम्बन्धि कार्यक्रममहिला स्वास्थ्य सचेतनाकार्यक्रम सम्पन्न भएको हो उक्त कार्यक्रममा केही पुरुष सहित २० जनामहिलाहरुको सहभागिता रहेको थियो जापानिज नागरीक प्रो.डा. मासाको तानाकाले नेपाली भाषामा नै शिक्षा प्रदान गरेका थिय उनले आफु केही बर्ष नेपालमा बिताएको अनुभब सुनाउदै रमाईलो तरिकाले उपस्थित सहभागिहरुलाई नेपाली भाषामा नै महिला प्रजनन, गर्भपतन यस्का फाईदा बेफाईदा बारे जानकारी गराएका थिय

प्रो. डा. मासाको तानाकाकी सहयोगी अनिता परियारले तानाका आयोजक बिच बिशेष समन्वयको लागी सहयोग गरेकी थिईन्

क्लबकी सचिब लायन करुणा श्रेष्ठले संचालन गरेको कार्यक्रममा क्लबका चार्टर्ड अध्यक्ष लायन रुद्र पुन, चार्टर्ड कोषाध्यक्ष रुपा शाह क्विन्स बुद्ध लायन्स क्लबका अध्यक्ष बिक्की पुलामीको आतिथ्यता रहेको थियो भने कार्यक्रमको अन्त्यमा समापन मन्तब्य दिदैक्लबकी अध्यक्ष रश्मी श्रेष्ठले कार्यक्रम महिला स्वास्थ्य सम्बन्धि दिन खोजिएको शिक्षाको महत्व बारे स्पष्ट पार्दै पाल्नु भएकाअतिथी, सहभागी शिक्षा प्रदान गर्ने बिज्ञलाई धन्यवाद ब्यक्त गर्दै कार्यक्रम समापनको घोषणा गरेका थिय

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.