रोशी– ३ का अग्नी पीडित तामाङ परिवारलाई आर्थिक सहयोग

जेठ २७, काभ्रे । रोशी गाउँपालिका वडा – ३ स्थित फेटार छापमा बस्दै आएको अग्नी पीडित सन्देश तामाङको परिवारलाई कतारबाट आर्थिक सहयोग गरेको छ ।

तामाङको गत बैशाख १७ गते बिजुली सर्ट भई आगालागी भएर बसोबास गर्दै आएको घर पूर्णरुपमा क्षति भएपछि बिचल्ली भएकोले कतारमा रहेका नेपालीहरुले आर्थिक सहयोग संकलन गरी रु. ५५ हजार रकम पठाएको छ । पीडित तामाङको परिवार बस्नका लागि अस्थायी बसोबास निर्माण गर्न उक्त रकम पठाएको सामाजिक अभियन्त तिर्थ थिङ तामाङले जनाकारी दिए । तिर्थ थिङकै नेतृत्वमा संकलित उक्त रकम आज नेपालका लागि अभियन्त धनबहादुर लामाको नाममा पठाएको छ । सो रकमबाट तामाङ परिवारलाई तत्कालको लागि अस्थायी बसोबास (जस्ताको टहरा र बाथरुम) निर्माण गर्ने बताएको छ ।

अग्नी पीडित तामाङ परिवारमा साना दुई बच्चा श्रीमती र बुबासहित ५ सदस्य छन् । गत वर्ष क्यान्सरका कारण आफ्नो आमा गुमाएका पीडित सन्देशको आफ्नो जग्गा समेत नभएका कारण सोही गाउँका समाजसेवी हाल कतारमा कार्यरत तीर्थ थिङले आफ्नो जग्गा दिने जनाएको छ । यस अघि लेकपानीमा बस्दै आएको तामाङको जग्गा जमिन केही नभएका कारण सहयोग गरेको बताउँदै उनको स्थायी बसोबास गर्ने अवास निर्माण गर्न आवश्यक सहयोगका लागि अह्वान गरेको छ ।

अभियानका क्रममा अन्य ठाउँबाट पनि सहयोग आउने क्रम जारी रहेको बताउँदै बस्ने अवास निर्माण सम्पन्न गरेर हस्तान्तरणपछि सहयोगीहरुको हिसाब तथा विवरण राख्ने जनाएको छ । आर्थिक अभाव र घर निर्माणका लागि आफ्नो जग्गा समेत नभएको हुँदा उनलाई सहयोगको लागि देशविदेशमा रहनुभएका सम्पूर्ण दाजुभाई तथा दिदिबहिनीहरुमा अह्वान गरेको छ ।

 

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.