तामाङ कलाकार संघ मलेसियाकोअधिवेशन डिसेम्बर महिनामा हुने

मङ्सिर ८, काठमाडौ । तामाङ कलाकार संघ मलेसियाको वार्षिकोत्सव तथा अधिवेशन भवितव्यताका साथ मलेशिया को राजधानी स्थित कन्टिनेन्टल होटेलमाहुने भ​एको छ ।

मलेसियामा तामाङ कलाकार संघ मलेशिया फुर्बा दोर्जे मोक्तान को अध्यक्षता मा सन १२ नोभेम्बर २०१७ मा स्थापना भएको थियो र उक्त तामाङ कलाकार संघ मलेसिया ले २ बर्षको कार्यकाल पुरा भएको उपलक्ष्यमा
आउदो डिसेम्बर महिना २२ तारिख २०१९ आईतवारका दिन नेपाल तामाङ कलाकार संघ मलेसिया को दोस्रो वार्षिक उत्सव तथा पहिलो अधिवेशन कार्यक्रम हुने भएको छ । कार्यक्रममा नेपाल आदिवासि जनजाति महासंघ मलेशियाका अध्यक्ष श्री विपिन राई ज्युको प्रमुख अतिथिको रुपमा उपस्तित रहने छ । प्रवासमै रहेर पनि आफ्नो धर्म सँस्कृति परम्परा तथा रितिरिवाज जोगाउने उदेश्यका साथ स्थापना भएको उक्त कलाकार संघको वार्षिकोत्सव तथा अधिवेशन कार्यक्रमको तयारीमा नेपाल तामाङ कलाकार संघका अध्यक्ष लगायत सम्पुर्ण संघ परिवार एकजुट भएर कार्यक्रम को तयारीमा अगाडी बढिरहेको जानकारी दिए ।

कार्यक्रममा संस्थाले अहिले सम्म विभिन्न विधामा गर्दै आएका विविध सामाजिक कार्यहरु पनि बाचन गरिने छ। साथै अहिले सम्म धेरै पिडित रोगी हरुलाई सेवा गर्दै आएको र आगामी दिन मा पनि सोही कार्यलाई निरन्तरता दिने हेतुका साथ अगाडि बड्ने तामाङ कलाकार संघ मलेशिया को प्रतिबद्धता रहेको छ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.