इनड्राइभको ‘ड्राइभिङ नारी’ कार्यक्रममा १० नारी सम्मान

साउन १२, काठमाडौं । इनड्राइभ (inDrive) को ‘ड्राइभिङ नारी’ (Driving Naari) कार्यक्रममा १० नारी सम्मान भएका छन् ।

सोमबार एक कार्यक्रमको आयोजना गर्दै इनड्राइभले नयाँ योजनासहित महिला लक्षित व्यवसायीक अभियानको प्रारम्भ गरेको छ । सो अवसरमा तालिम प्राप्त गरि व्यवसायी थालेका नारीहरुलाइ कम्पनी ब्राण्ड एम्बेस्डर अभिनेत्री स्वास्तिमा खड्काले उपहारसहित प्रमाणपत्र वितरण गरिन ।  महिलाहरूलाई व्यवसायीक ड्राइभिङ क्षेत्रमा आत्मनिर्भर, आत्मविश्वासी र सशक्त बनाउन सञ्चालित गरिएको कम्पनीले जनाएको छ ।

मुखमहिला सशक्तीकरण गराउदै महिलाहरूलाई पारम्परागत सोच र सामाजिक मान्यता तोड्दै व्यावसायिक ड्राइभिङलाई क्यारियरको रूपमा अपनाउन प्रोत्साहन गर्ने र महिला चालकलाई सुरक्षित र अनुकुल वातावरण बनाउन अभियानले सहयोग पुर्‍याउने दाबी गरेको छ ।

साथै विभिन्न सहर तथा संस्थाहरूसँगको सहकार्यमा महिलाहरूलाई तालिम र ड्राइभिङ पेसामा सहज पहुँच पुर्‍याउने लक्ष्यसाथ कम्पनीले प्रोत्साहन सहित सम्मान गराउदै जाने प्रतिबद्धता गरे ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.