के.एस.इ. नेपालले ल्यायो अफरसहितको नयाँ उत्पादन

भदौ १, काठमाडौँ । विद्युतीय प्रविधिको दुनियाँमा के.एस.इ. (KSE ) नेपालले विभिन्न अफरसहित नयाँ उत्पादनका सामानहरू ल्याएका छन् ।

शनिवार गोकर्णेश्वर नगरपालिका स्थित बेशिगाँउमा नयाँ उत्पादन सामग्रीहरू पत्रकार सम्मेलनमार्फत सार्वजानिक गरेको छ । विगत २ वर्षदेखि नेपाली उपभोक्तलाई सेवा प्रवाह गर्दै आइरहेको के.एस.इ. नेपालले गुणस्तरीय विद्युतिय सामानहरू बिक्रि वितरण गर्दै आईरहेको जानकारी दिए ।

दैनिक रूपमा भान्सामा प्रयोग गरिने घरेलु सामग्रीदेखि विभिन्न विद्युतीय सामग्री एउटै कम्पनिमार्फत उपलब्ध गराउने हिसावले उपभोक्ताको रोजाइ र विश्वासका लागि थप नयाँ उत्पादन सामग्री ल्याएको बताए । केएसइ नेपालका सञ्चालक कुमार नेपाली आफै चीनमा भ्रमण तथा अवलोकन गरी नेपाली बजार र उपभोक्ताले उपयोग गर्न सक्ने टिकाउ तथा भरपर्दो सामग्री भित्र्याएको बताए । कमसल र छिट्टै बिग्रिने झन्झटबाट मुक्ता गर्न बलियो र गुणस्तरी सामानहरू ल्याएको बताए ।

केएसइ ब्राण्डका सामग्रीहरू नेपालमा करिब ४० भन्दा बढि वितरकलाई उपलब्ध गराउँदै आएको बताउँदै उपभोक्ता तथा ग्राहकलाई विश्वास दिने गरी सामान बिक्रि वितरण भईरहेको व्यवसायी तथा ब्राण्डका सञ्चालक कुमार नेपालीले जानकारी दिए । उक्त कम्पनीमार्फ खरिद गरिएका सामग्रीको ग्यारेन्टी र वारेन्टी समेत लिने गरेकोले ग्राहकहरूको रोजाईमा पार्न सफल भएको बताएको छ ।

चाडपर्व लक्षित विभिन्न अफरको सुविधा समेत राखेर केएसइ ब्राण्डका सामानहरू बिक्री वितरण गर्न डिलरहरूलाई आग्रह गरेका छन् । केएसइ नेपालका ब्राण्डका सामानहरूमा मोबाइल चार्जर, एयरपट, ब्याट्री, कभर, मल्टि प्लग, चार्जवाला टर्च लाइट, साउण्ड रेर्कडर, बुम माइक लगायत सामग्रीहरू बजारमा आएका छन् ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.