आशिष तामाङ
असोज २२, काठमाडौं । रनवे नेपालको ‘रनवे मोडेल–२०१८’ ललितपुरमा भव्य रूपमा सम्पन्न भएको छ ।एक्सपोर्ट एजुकेसन र भिसा सर्भिसको सह आयोजनामा भएको फेसन शो कार्यक्रममा दुई दर्जन भन्दाबढी मोडेलहरु र्याम्पमा उत्रिएका थिए । यो फेसन शो मा चर्चित मोडेल अर्चन बस्नेत र विवेक श्रेष्ठ समेत उपस्थिति थिए । फेसन शो ललितपुरको देव कलेजमा रमेश गिरी र प्रीन्स बुढाथोकीको कोरियोग्राफीमा सम्पन्न भएको थियो । समाजमा रहेको अनाथ बालबालिकाको निम्ति विगत समयदेखि सहयोग गर्दै आएक युवा समाजसेवी तथा फोटो पत्रकार गिरी रनवे नेपालको अध्यक्ष हुन् । सामाजिक काममा सहयोग गर्न पाउदा आफू एकदम भाग्यमानी र गर्व महसुस हुन्छ अध्यक्ष गिरी बताए।
अध्यक्ष गिरीले भविस्यमा रनवे नेपालले राष्ट्रिय तथा अन्तर्राष्ट्रियमा महिला तथा बालबालिकाको लागि यस्तो फेसन शो कार्यक्रम गरि त्यसबाट उठेको रकम महिलाहरुको क्षमता तथा सीप विकास संचालन गर्ने र बालबालिकाको लागि शिक्षामा खर्च गर्ने बताए । कार्यक्रममा अन्य विभिन्न पेशा तथा व्यवसाय गरेको व्यक्तिहरुको उपस्थिति रहेको थियो । रनवे नेपालको ‘रनवे मोडेल–२०१८’ प्रदर्शन कार्यक्रममा २५ जना प्रतिस्पर्धालाई पछी पार्दै पुरुष तर्फ सन्तोष थापा र महिला तर्फबाट इश्या अधिकारीले ताज हात पारेको थियो । त्यसैगरी फस्ट रनरअपमा पुरुष तर्फ मनोज बुढाथोकी,सेकेन्ड रनर अरुण कुमार डंगोल महिला तर्फ योगिता चौधरी र सेकेन्ड रनरअप समिक्षा श्रेष्ठ भएको थियोे ।

