सेवाग्राहीसँग घुस लिएका प्रमुख इन्जिनियर कार्की पक्राउ

भदौ १६, काठमाडौं । काठमाडौँको कागेश्वरी मनोहरा नगरपालिकाको भवन निर्माण तथा बस्ती शाखा प्रमुख इन्जिनियर (सातौं) दिपा कार्की घुस रकमसहित पक्राउ पर्नुभएको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रवक्ता सुरेश न्यौपानेका अनुसार स्ट्रक्चर एनालाइसिसको काम स्वीकृत गरेबापत बार्गेनिङ गर्दै पटक–पटक दुख हैरानी दिइ सेवाग्राहीसँग घुस माग गरी ६४ हजार रुपियाँ घुस लिइसकेको अवस्थामा कार्की पक्राउ पर्नुभएको हो ।

उक्त कार्यमा मध्यस्थको काम गर्ने आस्मा कार्कीविरुद्ध पनि सो भ्रष्टाचार मुद्दा दायर भएको छ ।  विशेष अदालतको आदेशबाट घुस भ्रष्टाचार सम्ब्न्धी मुद्दामा म्याद थप भइ अनुसन्धान प्रक्रिया अगाडि बढाइएको आयोगले जनाएको छ ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.