भदौ १४, काठमाडौँ । बाढी प्रभावित क्षेत्र अप्पर त्रिशूली हाइड्रोपावरमा अपरेटर चालकमा कार्यरत काभ्रेपलान्चोक जिल्ला तेमाल गाउँपालिका– ७ कुरुवास सच्चेका बिशाल तामाङ सम्पर्कविहिन भएको छ ।
बाढी आएको दिनदेखि हालसम्मा सम्पर्कमा आउन नसकेको हुँदा परिवार तथा सम्पूर्ण गाउँबासी चिन्तित भएका छन्। आज पाँचौं दिन बितिसक्दा पनि सास वा लासको कुनै अत्तोपत्तो नभएको परिवारजन र आफन्तजन तड्पिदै खोजीमा लागिरहेका छन् । उनीहरूले उद्धार कार्य प्रभावकारी गर्न गराउन सरकार समक्ष पुनः आग्रह गरेका छन् ।
तामाङको अवस्था वा हालको स्थानबारे कसैलाई कुनै जानकारी भएमा निम्न सम्पर्क नम्बरमा खबर गरिदिनुहुन अनुरोध गरेको छ ।
प्रेमराज तामाङ
सम्पर्कः ९८२३५४४२४९÷ ९८१००८४७०२

