बाढीमा ज्यान गुमाएकाहरूको सम्झनामा बुढानीलकण्ठमा दीप प्रज्वलन

भदौ १३, काठमाडौँ । तिब्बतबाट भोटेकोशीमा आएको बाढीमा परी ज्यान गुमाउनु भएका सम्पूर्ण दिवंगत आत्माहरूको चीरशान्तिको कामना गर्दै साथी समूहले काठमाडौँमा दीप प्रज्वलन गरेका छन् ।

आज (शनिवार साँझ) बुढानिलकण्ठ मन्दिर परिसरमा दीप प्रज्वलन कार्यक्रम गरेका हुन् । कार्यक्रममा साथी समुहका संयोजक राधा लामाले दीप प्रज्वलन कुनै उत्सव मनाउन नभइ रसुवाको भोटेकोसी बाढिमा परी ज्यान गुमाउनुभएका दिवंगत आत्माहरूको सम्झना र चीरशान्तिको कामना गर्दै भेला भएको बताइन् । दीप केवल एउटा बत्ती नभई उहाँहरूप्रतिको श्रद्धा, सम्झना र मानवताको प्रतीक हो भन्दै अन्तमा विपत्तिबाट प्रभावित परिवारजनप्रति समवेदना प्रकट गर्दै दुःखको घडीमा सबै एकजुट भएर साथ र सहयोग गर्नुपर्नेमा बताइन् ।

दीप प्रज्वलनसंगै बाढीमा परेर घाइते भएकाहरूको शीघ्र स्वास्थ्य लाभको कामना समेत गरिन् । त्यस क्षेत्रमा अहिले सरकार र विभिन्न निकायबाट उद्धार कार्य भइरहेको र राहतको समेत आवश्यक परेको हुनाले आफूले सकिने सहयोग गर्न आह्वान गरिन् । साथी समूहले आयोजना गरिएको त्यस दीप प्रज्वलनमा स्थानीय, पत्रकार तथा महिलाहरूको उपस्थिति रहेको थियो ।

 

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.