भदौ ९, काठमाडौं । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापामगरले प्रदेशसभामा आज विश्वासको मत लिने भएका छन् ।
प्रदेशसभा सचिवालयका अनुसार प्रदेशसभाको आठौँ अधिवेशनको १८औँ बैठक आज अपराहन्न ४ बजे बस्ने भएको हो । यसअघि सोमबार मुख्यमन्त्री थापाले विश्वासको मत लिने कार्यसूचीसहित दिउँसो १ बजे बैठक बोलाइएको थियो । त्यसपछि बैठकको साँझ ५ बजे र फेरी राति ८ बजेका लागि सारिएको थियो । त्यसपछि पनि बैठक बस्न नसकेपछि बैठक आजका लागि सारिएको छ ।
बागमती प्रदेश सभामा नेपाली कांग्रेसको ३६ सिट, नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को २६, नेकपा एमालेको २५, राप्रपाको १२, नेपाल मजदुर किसान पार्टीको ३ र हाम्रो नेपाली पार्टीको २ सिट छ । निर्वाचित ११० प्रदेशसभा सदस्यमध्ये ६ जनाले प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवार बन्न राजीनामा दिएपछि हाल प्रदेशसभा १०४ सदस्य कायम रहेको छ ।

