आजदेखि तीनदिनसम्म समावेशी सञ्चारका लागि मातृभाषा पत्रकारितामा अन्तर्राष्ट्रिय बहस

साउन २५, काठमाडौं  ।‘समृद्धिको आधार, पूर्ण समावेशी सञ्चार’ नाराका साथ तेस्रो अन्तर्राष्ट्रिय मातृभाषा पत्रकारिता सम्मेलन यहाँ प्रारम्भ भएको छ ।

नेपाल आदिवासी जनजाति पत्रकार महासङ्घ (फोनिज)को आयोजना तथा नेवाः पत्रकार राष्ट्रिय दबुको संयोजनमा आयोजित त्रिदिवसीय सम्मेलनको कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोबिता गौतमले उद्घाटन गर्नुभयो ।

सम्मेलनमा विभिन्न राजनीतिक दलका सङ्घीय सांसद, आदिवासी जनजातिसँग सम्बन्धित सरकारी तथा गैरसरकारी संस्थाका प्रतिनिधि, नेपाल पत्रकार महासङ्घ तथा सार्क जर्नालिष्ट फोरमका प्रतिनिधिसहित  स्वदेशका ३०० तथा भारत, बङ्गलादेशलगायत मुलुकका ३५ पत्रकार सहभागी छन् ।

सम्मेलनमा ‘आदिवासी कृषि, खाद्य सुरक्षा, परम्परागत ज्ञान, वनसँगको सम्बन्ध’, ‘सरकारी सञ्चारमाध्यममा मातृभाषा पत्रकारिता र निजी मिडियाको अवस्था’, ‘मातृभाषा पत्रकारिता, जलवायु परिवर्तन, वन व्यवस्थापन, राज्यका नीति, अभ्यास र आदिवासी समुदाय’ लगायतका विषयमा विषयविज्ञ तथा पत्रकारबीच छलफल हुनेछ । सम्मेलनमा २७ मुलुकका पत्रकार श्रव्यदृश्यका माध्यमबाट पनि सहभागी भएका छन् ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.