चर्चित आरोही निर्मल पुर्जाको निधन

साउन १६, काठमाडौं । चर्चित आरोही निर्मल पुर्जाको निधन भएको छ । पाकिस्तानको ब्रोड पिक आरोहणका क्रममा हिम पहिरोमा परी बेपत्ता भएका पुर्जाको निधन भएको पुष्टि भएको हो ।

एलिट एक्सपेडले सामाजिक सञ्जाल इन्स्टाग्राममार्फत् पुर्जाको निधन भएको जानकारी दिएको हो ।

बिहीबार क्याम्प–२ बाट क्याम्प–३ तर्फ उक्लिरहेका बेला १० सदस्यीय अन्तर्राष्ट्रिय आरोहण टोली हिमपहिरोमा परेको थियो। विश्वप्रसिद्ध बेलायती–नेपाली पर्वतारोही निर्मल ‘निम्स’ पुर्जाको नेतृत्वमा रहेको उक्त टोलीसँग त्यसयता सम्पर्क टुटेको थियो।

अल्पाइन क्लब अफ पाकिस्तानका अनुसार उक्त अन्तर्राष्ट्रिय टोलीमा पाँच नेपाली, एक पाकिस्तानी, एक ओमानी, एक अमेरिकी, एक चिनियाँ र अन्य सदस्य सहभागी थिए।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.