पल्सर स्पोर्टस अवार्ड भदौ १८ गते, ९ विधामा अवार्ड प्रदान गरिने

साउन ६, काठमाडौं । नेपाल खेलकुद पत्रकार मञ्चले आयोजना गर्दै आएको ‘एनएसजेएफ पल्सर स्पोर्टस अवार्ड २०८२’ को मिति घोषणा गरेको छ ।

२०६२ सालभर नेपाली खेलकुदलाई उच्च स्थानमा पुऱ्याउने खेलाडी, प्रशिक्षक र खेलकर्मीलाई सम्मान गर्ने पल्सर स्पोर्टस अवार्ड कार्यक्रम आगामी भदौ १८ गते प्रदर्शनी मार्ग स्थित नेपाल पुलिस क्लवको ‘द ब्लु पवेलियन’ मा हुन गइरहेको पत्रकार सम्मेलनमार्फत जानकारी दिए ।

पल्सर स्पोट्स अवार्ड २०८२ मा ९ विधामा अवार्ड प्रदान गरिने बताएको छ ।  उक्त विद्या अन्तर्गत  वर्षका उत्कृष्ट खेलाडी पुरुष, वर्षका उत्कृष्ट खेलाडी महिला, युवा वर्ष खेलाडी, वर्ष प्रशिक्षक, पिपल्स च्वाइस अवार्ड, पारा एथलिट सम्मान, स्पेसल अवार्ड, लाइफटाइम एचिभमेन्ट अवार्ड र एसियन स्पोर्टस जनांलिस्ट अवार्ड रहेको छ ।

वर्ष खेलाडी पुरुष, महिला, युवा, प्रशिक्षक र पिपल्स च्वाइस विधाको मनोनयन केही दिनमै सार्वजनिक गरिने छ। यसका लागि मञ्चको खेलाडी छनोट समितिले तयारी सुरु गरिसकेको छ । मनोनयनमा ५-५ जना रहने प्रावधान रहने आयोजकले जनाएको छ।

एनएसजेएफ पल्सर स्पोर्टस अवार्डको यो २३ औं संस्करण हो रहेको जानकारी दिदै  नेपालमा यसरी नियमित कार्यक्रम आयोजना गर्ने नेपाल खेलकुद पत्रकार मञ्च विशेष संस्था मध्ये एक रहेको बताएको छ ।

वर्ष खेलाडी पुरुष, महिला, पिपल्स च्वाइस, प्रशिक्षक र युवा विधाका विजेतालाई पल्सर मोटरसाइकल प्रदान गरिनेछ । अन्य विधाका विजेता तथा सम्मानित व्यक्तिलाई जनही १ लाख रुपैयाँ प्रदान गरिनेछ ।

पल्सर स्पोर्टस अवार्ड २०८२ लाई सफल बनाउन मञ्चका अध्यक्ष निरञ्जन अधिकारीको अध्यक्षतामा मूल आयोजक समिति गठन गरिएको छ। साथै अवार्ड कार्यक्रमका लागि विभिन्न उपसमिति गठन गरिएको यसै विज्ञप्तिमार्फत जानकारी गराए ।

गत वर्ष पुरुषतर्फ क्रिकेटका दीपेन्द्र सिंह ऐरी, महिलातर्फ करातेकी एरिका गुरुङ, युवातर्फ क्रिकेट खेलाडी पुजा महतो र प्रशिक्षकतर्फ कविराज नेगीले अवार्ड जितेका थिए । सर्वाधिक मत ल्याएर पिपल्स च्वाइसको अवार्ड भलिवलका हिमाल सुनारीले जितेका थिए ।

स्पेसल अवार्डबाट तेक्वान्दोका तुलसी कुमार गुरुङ, पारा एथलिट सम्मानबाट प्रभा आङदेम्बे, एसियन स्पोर्ट्स जर्नालिस्ट अवार्डबाट बंगलादेशका पत्रकार राना हसन र लाइफटाइम एचिभमेन्ट अवार्डबाट खड्ग रानाभाटलाई सम्मानित गरिएको थियो ।

गोल्छा ग्रुपसँग मञ्चले पल्सर स्पोर्टस अवार्डका लागि मुख्य प्रायोजकका रूपमा सहकार्य गरेको १८ औं वर्ष हो। यसका लागि हामी गोल्छा ग्रुपप्रति आभारी छौ । गतवर्ष पहिलो पटक काठमाडौं बाहिर पोखरामा भव्यताका साथ यो पल्सर स्पोर्टस अवार्ड आयोजना गरेका थियौं।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.