साउन ३, काठमाडौं । लटिलि एन्जल्स स्कुलले रोमाञ्चक फाइनल खेलमा काष्ठमण्डप विद्यालयलाइ ३-२ गोल अन्तरले पराजति गर्दै पहिलो संस्करणको आइविबी किड्स कप २०२६ को उपाधि जितेको छ। फाइनल खेल आइतबार, १२ जुलाई २०२६ मा सम्पन्न भएको थीयो ।
आईविबि नेपालको आयोजनामा सम्पन्न उक्त प्रतियोगिता १० बर्षमुनिका बाल फुटबल खेलाडीहरूलाई समेटेर आयोजना गरिएको अन्तर विद्यालय फुटबल प्रतियोगिता हो। फिफा विश्वकपको अवधारणाबाट प्रेरित प्रतियोगिता ज्ञानोदय बालवाटिका स्कुल, डीएभी स्कुल, दरबार हाई स्कुल, प्राइम ग्लोबल स्कुल, काष्ठमण्डप विद्यालय, लिटल एन्जल्स स्कुल र क्याम्पयिन स्कुललगायत आठ विद्यालयले आठ फरक देशको प्रतनिधित्व गर्दै प्रतस्पिर्धा गरेका थिए । यस अवधारणाले बाल खेलाडीहरूलाई प्रतिस्पर्धा, टिमवर्क, खेल भावना र उत्साहले भरिएको सानो विश्वकपको अनुभव प्रदान गरेको थियो ।

लिटल एन्जल्स स्कुल र काष्ठमण्डप विद्यालयवीच भएको फाइनल खेल अत्यन्त प्रतस्पिर्धात्मक र रोमाञ्चक बनेको थयो। लिटल एन्जल्स स्कुलले ३-२ को जति नकिाल्दै आइविबी किड्स कप २०२६ को उपाधी उचाल्यो भने काष्ठमण्डप विद्यालय प्रथम उपविजेता बन्यो ।
समापन समारोहमा व्यक्तगित रूपमा उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीहरूलाई समेत सम्मान गरिएको थयो । लिटल एन्जल्स स्कुलका आशुतोष पाण्डे प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी (एमभीपी) घोषति भए भने काष्ठमण्डप विद्यालयका सम्राट विक्रम शाहले उत्कृष्ट गोलरक्षकको उपाधी प्राप्त गरे ।

समापन समारोहका अतिथि नेपाल खेलकुद पत्रकार मञ्चका अध्यक्ष नरिञ्जन अधकिारीले वजिता टोलीलाई ट्रफी प्रदान गरेका थिए । त्यसैगरी, नेपाल खेलकुद पत्रकार मञ्चका प्रथम उपाध्यक्ष प्रज्वल ओलीले प्रतियोगिताका उत्कृष्ट खेलाडीहरूलाई व्यक्तिगत पुरस्कार प्रदान गरेका थिए । उनले सर्वोत्कृष्ट खेलाडी (एमभीपी) तथा उत्कृष्ट गोलरक्षकको ट्रफी वजिताहरूलाई हस्तान्तरण गरे ।
समापन समारोहलाई सम्बोधन गर्दै नरिञ्जन अधकिारीले यस पहलको प्रशंसा गर्दै बालबालिका तथा ग्रासरुट खेलकुदमा लगानीको महत्त्वमाथि प्रकाश पारे । ‘हाम्रो देशका लागर्गा यस्तो कार्यक्रम आवश्यक थयो। यो हाम्रो भवष्यिको तयारी हो। यस्तो उत्कृष्ट कार्यक्रम आयोजना गरेकोमा म आइविबी नेपाललाई धन्यवाद दिन चाहन्छु,’ उनले भने ।
उनले प्रतियोगितामा सहभागी सबै आठ टोलीको प्रदर्शनको समेत प्रशंसा गर्दै खेलाडीहरूले प्रतियोगिताभर देखाएको उत्साह, प्रतिभा र प्रतस्पिर्धात्मक भावनाको सराहना गरे ।

