प्रेस काउन्सिलमा उमेश श्रेष्ठ, दूरसञ्चार प्राधिकरण अध्यक्षमा अर्जुन घिमिरे नियुक्त

काठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरणको अध्यक्षमा अर्जुन घिमिरे र प्रेस काउन्सिल नेपालको अध्यक्षमा उमेश श्रेष्ठ नियुक्त भएका छन् । मन्त्रिपरिषद्को यही असार २४ गतेको निर्णयअनुसार उनीहरूलाई नियुक्त गरिएको हो ।

नवनियुक्त अध्यक्षद्वयले सोमबार सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाबाट नियुक्तिपत्र ग्रहण गरे । प्राधिकरणका नवनियुक्त अध्यक्ष घिमिरेले आजै पद तथा गोपनीयताको शपथसमेत लिएका छन् ।

नियुक्तपत्र प्रदान गर्दै सञ्चारमन्त्री डा. तिमिल्सिनाले दुवै संस्थाका अध्यक्षप्रति उच्च अपेक्षा रहेको बताए । नियामक निकायहरूले आफ्नो भूमिकालाई गम्भीरतापूर्वक निर्वाह गर्नुपर्नेमा उनले जोड दिए ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.