असार १२, काठमाडौँ । राष्ट्रिय सहिद तथा शान्ति पार्क (निजामति स्मारक) एवम् जगडोल वन परिसरमा गोकर्णेश्वर नगरपालिकाका जनप्रतिनिधि तथा सामाजिक संघसंस्थाहरूको प्रतिनिधिद्वारा वृहत वृक्षारोपण गरेका छन् ।

आज शनिवार स्थानीय संघसंस्था तथा विभिन्न जातिय सामुदायहरूको पहिचानसहित वरपिपल, कपुर, स्वामी, कविर लगायत विभिन्न प्रजातिका रूख तथा विरूवा रोपेका छन् । वृक्षारोपण कार्यक्रममा काठमाडौँ क्षेत्र नं. ३ का पूर्व सांसद तथा गोकर्णेश्वर नगरपालिकाका पूर्व मेयर सन्तोष चालिसे, गोकर्णेश्वर नगरपालिका उपप्रमुख सान्नानी लामा, पार्क तथा वन उपभोक्त समितिका अध्यक्ष सुर्दशन सिग्देल, सशस्त्र प्रहरी बल, नेपाल प्रहरी, सामाजिक अभियन्ता तथा स्थानीय समाजसेवीहरूको उपस्थितिमा वृक्षरोपण कार्य सम्पन्न भएको हो ।

शहिद पार्क तथा वन क्षेत्रको पर्यावरणलाई सन्तुलनमा राख्न वृक्षारोपण कार्यलाई निरन्तरता दिएको समितिले जनाइएको छ । आन्तरिक र बाह्य पर्यटकहरूको आकर्षको केन्द्र बन्दै गएको पार्क क्षेत्रमा नेपाललाई चिनाउने विभिन्न समुदायको कला, संस्कृति र पहिचनासहितको संग्रहालयको रूपमा विकास गर्दै आएको पार्क व्यवस्थापनले जनाएको छ ।

मूलुक परिवर्तनका निम्त्ति विभिन्न कालखण्डमा ज्यान गुमाएका अमर शहिद तथा घाइतेहरूको सम्झाना र सम्मानका लागि वृहत रूपमा गुरूयोजनासहित कार्य सम्पादन भइरहेको त्यस क्षेत्र करिव ७२० रोपनी क्षेत्रफलले ओगटेको छ ।




