टुवेल्भ फुटबल ट्रेनिङ सेन्टर र नियो चाइल्ड कियर सेन्टरबीच प्रशिक्षण सम्झौता

असार ६, काठमाडौं । “फुटबल सबैको लागि हो” हो भन्ने नारा सहित टुवेल्भ फुटबल ट्रेनिङ सेन्टर र नियो चाइल्ड कियर सेन्टर बीच न्युरोडाइभर्स बालबालिकाका लागि विशेष फुटबल प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने उद्देश्य सहित सम्झौता भएको छ ।

द्वेल्च फुटबल ट्रेनिङ सेन्टर राष्ट्रिय फुटबल टोलीका पूर्व कप्तान विराज महर्जन तथा गोलरक्षक विकेश कुथुद्वारा बालबालिकाहरूको फुटबल कौशल विकास गर्ने लक्ष्य सहित सञ्चालन गरिएको संस्था हो भने नियो चाइल्ड कियर सेन्टर विगत लामो समय देखि राष्ट्रिय फुटबल टोलीका पूर्व फिजियोथेरापिस्ट द्वय शमेद कतिला श्रेष्ठ र सुरज भुसालद्वारा सञ्चालित अटिजम स्पेक्ट्रम डिसअर्डर र डाउन सिन्ड्रोम भएका बालबालिकाहरू सहित न्यूरोडाइभर्स बालबालिकाहरूका लागि शैक्षिक तथा विशेष सेवाहरू प्रदान गर्दै आएको संस्था हो।

सम्झौता अनुसार नियो चाइल्ड कियर सेन्टरको सहकार्यमा टुवेल्भ फुटबल ट्रेनिङ सेन्टरले अटिजम स्पेक्ट्रम डिसअर्डर (एएसडी) तथा डाउन सिन्ड्रोम भएका बालबालिकालाई लक्षित गर्दै “सँगै खेलौं: Let’s Play Together” नामक विशेष कार्यक्रम सञ्चालन गरिनेछ। टुवेल्भ फुटबल ट्रेनिङ सेन्टरले आफ्नो नियमित ग्रासरूट प्रशिक्षण कार्यक्रम सँगै यो विशेष कार्यक्रम सुचारु गर्न लागेको हो। सामान्य बालबालिकाहरू र यी बालबालिकाहरूको प्रशिक्षण भने फरक समयमा हुने छ ।

एएसडी भएका बालबालिकाहरू सामान्य बालबालिकाहरू भन्दा भिन्न स्वभावका हुन्छन। उनीहरूलाई समाजमा घुलमिल हुन गाह्रो हुने, बोल्न गाह्रो हुने, आफूलाई लागेको कुरा भन्न नसक्ने जस्तो समस्या हुन्छ। यी बालबालिकाहरूलाई खेलकुदमा रुचि हुँदा हुँदै उचित प्लेटफर्म नभएको हुँदा यस दुई संस्था मिली फुटबल सबैको लागि हो भन्ने उद्देश्य सहित उनीहरूलाई खेलकुदमा रमाउने प्लेटफर्म सिर्जना गर्ने लागेका हौं। फुटबलमार्फत सामाजिक अन्तरक्रिया, सञ्चार क्षमता, आत्मविश्वास, शारीरिक तन्दुरुस्ती तथा समूहमा काम गर्ने सीपको विकास गर्ने कार्यक्रमको मुख्य उद्देश्य रहेको छ।

सम्झौताअनुसार, नियोले इच्छुक बालबालिकाको मूल्याङ्कन गरि प्रशिक्षणको लागि सिफारिस गर्नेछ भने टिएफटिसीले सिफारिस भएका बालबालिकालाई प्रशिक्षण दिनेछ। कार्यक्रमको पहिलो चरणमा २० जना बालबालिकालाई समेटिनेछ र प्रारम्भिक तीन महिनासम्म प्रत्येक शनिबार मात्र प्रशिक्षण सञ्चालन गरिनेछ। कार्यक्रमको प्रभावकारिता तथा सहभागीहरूको प्रतिक्रिया अनुसार प्रशिक्षण अवधि थपिने योजना रहेको छ।

यस कार्यक्रमको प्रमुख उद्देश्यहरूमा सामाजिक समावेशीकरणलाई प्रोत्साहन गर्ने, शारीरिक तथा मानसिक विकासमा सहयोग पुन्ऱ्याउने, आत्मविश्वास अभिवृद्धि गर्ने तथा न्युरोडाइभर्स बालबालिकालाई फुटबलमार्फत समुदायसँग अझ नजिक जोड्ने रहेका छन्। हामीले यो कार्यक्रम नेपालमा समावेशी खेलकुद विकासको एउटा नमुना परियोजनाका रूपमा स्थापित हुने विश्वास व्यक्त गरेका छन्। खेलकुद सबैका लागि हो भन्ने मान्यतालाई आत्मसात गर्दै दुवै संस्थाले न्युरोडाइभर्स बालबालिकालाई सुरक्षित, सहयोगी र उत्साहजनक वातावरणमा सिक्ने, रमाउने र आफ्नो क्षमता विकास गर्ने अवसर प्रदान गर्ने प्रतिबद्धता गरेका छौं।

कार्यक्रम असार महिना बाट सञ्चालन गर्ने लक्ष्य राखिएको छ। कार्यक्रमको प्रभावकारिता अनुसार फुटबल सँगै अरुखेल्कुद पनि थपिदै लाग्ने उद्देश्य रहेको छ ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.