अल्जेरियाविरुद्ध मेस्सीको दोस्रो गोल

काठमाडौं । साविक विजेता अर्जेन्टिनाले फिफा विश्वकप –२०२६ मा अल्जेरियाविरुद्ध २ गोलको अग्रता लिएको छ ।

अमेरिकाको कान्सास सिटी रंगशालामा जारी खेलमा अर्जेन्टिनाका कप्तान लियोनल मेस्सीले दोस्रो गोल गर्दै टोलीलाई दोब्बर अग्रता दिलाएका हुन् ।  मेस्सीले खेलको ६०औँ मिनेटमा गोल गरे । एलेक्सिस म्याक एलिस्टरले हानेको बल अल्जेरियाका गोलकिपरको हातमा लाग्दै रिबाउन्ड भएको थियो । रिबाउन्ड भएको उक्त बललाई मेस्सीले गोलको दिशा दिए ।

यसअघि १७औँ मिनेटमा मेस्सीले नै गोल गर्दै टोलीलाई पहिलो अग्रता दिलाएका थिए । विश्वकपमा यो उनको १५औँ गोल हो । उनी विश्वकपमा सर्वाधिक गोल गर्ने खेलाडीको कीर्तिमान नजिक पुगेका छन् ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.