राष्ट्रिय सहिद तथा शान्ति स्मारक पार्कको २० औँ स्थापना दिवस, साताव्यापी कार्यक्रमको घोषणा

जेठ ११, काठमाडौँ । गोकर्णमा रहेको राष्ट्रिय सहिद तथा शान्ति स्मारक पार्कको २० औँ स्थापना दिवसको अवसरमा सहिद स्मरण कार्यक्रम सम्पन्न भएको छ ।

कार्यक्रममा प्रतिनिधिसभा काठमाडौँ क्षेत्र नं. ३ का सांसद एवम् अर्थ समितिका पूर्व सभापति सन्तोष चालिसेको प्रमुख आतिथ्यतामा सम्पन्न भएका हुन् । कार्यक्रममा विभिन्न जनआन्दोलनमा ज्यान गुमाएका सहिदहरुको सम्झाना एवम् घाइते तथा आपाङ्गता भएका व्यक्तिहरूको सम्मान गर्दै साताव्यापी कार्यक्रमको घोषणा गरिएको छ ।

कार्यक्रममा बोल्दै पूर्व सांसद चालिसेले पार्कको स्थापनाले सहिदको सपना साकार पार्न सहयोग पु¥याएको बताए । अझै पनि जनआन्दोलनका घाईते तथा सहिद परिवारलाई राज्यको तर्फबाट उचित सम्वोधन गर्न नसकिएको बताउँदै सहिद पार्कले पीडितको आवाजलाई सरोकारवालामाझ पु¥याउन पुलको काम गरेको बताए । पार्क निर्माणमा थुप्रै चुनौति सामना गर्नुपरेको उल्लेख गर्दै स्थापनाकालदेखि हालसम्म आईपुग्दा अध्यक्ष सुर्दशन सिग्देलले ठूलो योगदान पु¥याएकोमा प्रशंसा गरे । आफु त्यस क्षेत्रको नगर प्रमुख हुँदादेखि सांसद हुँदासम्म पार्कको स्तरोन्नति गराउन बजेट छुट्याएको स्मरण गराए ।

स्थापना दिवसको अवसरमा राष्ट्रिय सहिद तथा शान्ति पार्क निजामति स्मारक बिस्तारि बोर्ड उद्यान सञ्चालन तथा व्यवस्थापन समितिले साताव्यापी कार्यक्रमको आरम्भ गरेको छ । करिव ६५० रोपनी क्षेत्रफलभित्र रहेको सहिद पार्क परिसरको सरसफाई, सचेतना तथा अन्तरक्रियात्मक कार्यक्रम राखेको पार्क अध्यक्ष सुदर्शन सिग्देलले बताए । कार्यक्रमको अन्तिम दिन जेठ १६ गते मुख्यसचिवज्यूले निजमति सहिद स्मारकको उद्घाटन गरिने कार्यक्रम रहेको बताए ।

सो पार्कभित्र नेपालको इतिहासमा राष्ट्रियता, प्रजातन्त्र, र जनअधिकार प्राप्तिको आन्दोलनमा आफ्नो जीवनको बलिदान दिने अमर सपुतहरूको गौरवपूर्ण इतिहासलाई सम्मानकासाथ शालिकहरु स्थापना गरिएको छ ।पार्कभित्र रहेको विभिन्न जातजातिको साँस्कृतिक पहिचान दिने प्रतीकात्मक स्तम्भहरूले राष्ट्रिय एकताको सन्देश दिएको अध्यक्ष सिग्देलले बताए । पार्कको संरक्षणमा सबै राज्य र आम नागरिकको दायित्व रहेको उनले बताए ।

कार्यक्रममा बोर्ड सदस्य, साझेदार संघसंस्था, सहिद परिवार, जनआन्दोलन योद्धा घाईतेसंग जोडिएका संघसंस्था, सुरक्षाकर्मी तथा सञ्चारकर्मीहरूको उपस्तिथि रहेको थियो ।

 

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.