‘बिचौलियाको आरोप लगाउँदै धरपकड गरिएपछि लेखापढी व्यवसायीको ‘पेन डाउन’

काठमाडौं । अपराधीको शैलीमा धरपकड र गिरफ्तारी गरिएको भन्दै लेखापढी व्यवसायी आन्दोलित भएका छन् । लेखापढी कानुन व्यवसायी एसोसिएसन पाटन इकाइ समितिको आयोजनामा उनीहरू आन्दोलनमा उत्रिएका हुन् ।

सोमबार (चैत २३) एक विज्ञप्ति जारी गर्दै एसोसिएसनले भूमि सुधार तथा मालपोत कार्यालय ललितपुरबाट ‘बिचौलिया’को निराधार आरोपमा गिरफ्तार गरिएको भन्दै उक्त कार्यको भर्त्सना गरेको छ । आधार र प्रमाणबिना व्यवसायीलाई आरोप लगाइएको एसोसिएसनको भनाइ छ ।

मालपोत कार्यालय ललितपुरमा कार्यरत व्यवसायीलाई आइतबार (चैत २२) धरपकड गरी प्रहरी परिसर जावलाखेल पुर्‍याइएको विज्ञप्तिमा जनाइएको छ । पक्राउ गरिएका लेखापढी व्यवसायी छुटिसकेका छन् । कानुनी रूपमा अनुमति प्राप्त भूसेवा केन्द्रका सञ्चालक र लेखापढी व्यवसायीलाई पक्राउ गरिएको एसोसिएसनको भनाइ छ ।

एसोसिएसनको पाटन इकाइ समितिका सचिव भरत घिमिरेद्वारा जारी विज्ञप्ति अनुसार, धरपकडको विरोधस्वरूप नेपालभरिका लेखापढी व्यवसायीले अर्को निर्णय नहुन्जेलसम्मका निम्ति ‘पेन डाउन’ गर्ने भएका छन् । राज्य पक्षबाट भएको ‘अपमानजनक’ व्यवहार सच्याएर निर्बाध रूपमा पेसा, व्यवसाय गर्ने वातावरण सुनिश्चित नहुन्जेलसम्म आन्दोलन जारी रहने व्यवसायीले बताएका छन् ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.