इबुकिङ नेपालले ल्यायो डिजिटल प्रणालीमा थप सुविधा

पुस २९, काठमाडौं । सूचना तथा प्रविधिको विकाससंगै दैनिक जीवनलाइ सहज पार्न मिडियाका विभिन्न प्लेटफर्महरु प्रयोग गर्दै आइरहेका छन्  ।

त्यस्तै आज पत्रकार सम्मेलन गर्दै  इबुकिङ नेपाल डटकम  (ebookingnepal.com) औपचारिक रूपमा लन्च गरिएको छ ।  जसलाई मध्येनजर गरी नेपालमा डिजिटल ट्राभल तथा सेवा बुकिङ प्रणालीलाई प्रभावकारी बनाउने उद्देश्यका साथ इबुकिङ नेपालले सेवा प्रवाह गरिने बताइएको छ ।

नेपालको फस्टाउँदो हस्पिटालिटी क्षेत्रमा यतिबेला उच्चतम सूचना प्रविधिको अधिकतम उपयोग अपरिहार्य झै भइसकेको छ । सूचना तथा सञ्चार प्रविधि क्षेत्रमा निरन्तर भइरहेको विकास र विस्तारले मानिसहरूको दिनचर्या छरितो, सहज र व्यवस्थित पार्नुका साथै रोमाञ्चक समेत वनाउँदै आएको छ। हस्पिटालिटी र यात्रा क्षेत्रमा पनि प्रविधिको प्रयोग बरदान नै साबित भएको छ ।

डिजिटल यात्रा तथा सेवा बुकिङ प्रणालीलाई अझै बढी उपभोक्तामैत्री बनाउने उद्देश्यका साथ संचालनमा ल्याइएको ebookingnepal.com नेपाली हस्पिटालिटी क्षेत्रमा एउटा अर्थपूर्ण मानक सिद्ध हुने कम्पनीले  विश्वास लिएको छ ।

ebookingnepal.com ले होटल, ट्राभल, टुर प्याकेज तथा अन्य डिजिटल बुकिङ सेवाहरूलाई एउटै प्लेटफर्ममार्फत सहज, सुरक्षित र विश्वसनीय वनाउने लक्ष्य वोकेको छ । जुन प्लेटफर्मले डिजिटल प्रविधिको प्रयोगमार्फत नेपालको पर्यटन तथा सेवा क्षेत्रमा सकारात्मक योगदान पुऱ्याउनुका साथै राजश्व अभिवृद्धिमा समेत सघाउने छ । सेवा विस्तार तथा साझेदारीमार्फत आन्तरिक तथा अन्तर्राष्ट्रिय बजारमा आफ्नो पहुँच बढाउने योजना पनि ebookingnepal.com को रहेको छ ।

ebookingnepal.com लाई नेपालको पर्यटन तथा हस्पिटालिटी क्षेत्रको अग्रणी डिजिटल प्रवेशद्वार बनाउँदै यात्रुहरूलाई प्रामाणिक अनुभवहरूसँग जोड्ने तथा दिगो र समावेशी आर्थिक विकासलाई प्रवर्द्धन गर्ने उद्देश्य जोडिएको जानकारी दिए । अहिलेको अत्याधुनिक प्रविधि AI को कुसल प्रयोग तथा नेपाली र अंग्रेजी दुवै भाषामा अपरेट गर्न सकिने ebookingnepal.com ले यात्रुहरूलाई खोजदेखि बुकिङसम्म सहज, पारदर्शी र सांस्कृतिक रूपमा समृद्ध अनुभव प्रदान गर्ने हाम्रो बुझाइ रहेको छ ।

साथै यसबाट होटल व्यवसायी, ट्राभल एजेण्ट, सेवा प्रदायक तथा अन्तिम प्रयोगकर्ता सबैलाई सहजता र लाभ पुग्ने भरोसायोग्य इकोसिस्टम निर्माण हुनेमा पनि हामी विश्वस्त छौं। साथै, हाम्रो एप्लिकेसन iOS तथा Android दुवै प्लेटफर्ममा उपलब्ध रहेको छ । प्रयोगकर्ताहरूले Apple App Store तथा Google Play Store मार्फत एप डाउनलोड गरी सहज रूपमा सेवा लिन सक्नुहुनेछ । यात्रा सम्वन्धि सबै खाले सुविधाहरु प्रयोगकर्ताले एउटै एकीकृत प्लेटफर्म मार्फत लिन सकिने व्यवस्था गरिएकाले, प्रयोगकर्ताहरूको समय, श्रम र लागत आदिको बचत गर्दै सेवाको प्रभावकारिता तथा उपयोगिता महत्वपूर्ण रूपमा अभिवृद्धि गर्ने विश्वास लिइएको छ ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.