कार्तिक २१ झापा । झापामा युवा समुहले देउसी भैलो खेलेर दक्षिणा स्वरुप प्राप्त गरेको रकमबाट संकलन गरी मानव सेवा आश्रम, झापा शाखामा बसोबास गर्ने बृद्ध आमा-बुवा र अशक्तको सेवामा समर्पित गरेका छन् ।

झापा, मेचिनगर, वडा नं ६ र वरपरको वडामा बसोवास गर्ने युवाहरुको समुह र किरात याक्थुंग चुम्लुंग मेचिनगरको संयोजनमा यस् बर्षको देउसि भैलो भव्य सम्पन्न गरेको छ । परापुर्वकाल देखि चल्दै आएको ऐतिहासिक मौलिक पर्ब देउसि भैलोको निरन्तरता स्वरुप स्वदेश तथा बिदेशमा यो पर्व मनाउदै आईरहेको छ । देउसि भैलो खोलिसकेपछी प्राप्त दक्षिणा रकम कुनै समुह बराबरी बाड्ने, कोही पिकनिक जाने त कोहीले सामाजिक कार्यमा समर्पण गर्ने गरेका छन् ।

सोहि अनुरुप झापा वडा नं. ६ र वरपरका वडामा बसोवास गर्ने युवाहरुले देउसि भैलो खेलिसकेपछी दक्षिणा स्वरुप प्राप्त रकम बराबरी बाडफाड गरिसकेपछी उक्त रकमलाई युवाहरुको एक बैठक बसी मानव सेवा कार्यमा समर्पित गर्ने निर्णय गरेका थिए । सोहि निर्णय अनुरुप देउसि भैलो संयोजन गरेको संस्था र छिमेकी संग बैठक बसी युवाहरुले संकलित रकम मध्ये प्रतिब्यक्ती रु.५०० दान गरी मानव सेवामा खर्च गर्ने र सामाजिक अभियान मार्फत समाज सेवा गर्ने कुरा जनाएपछी खुशी ब्यक्त नव युवाहरु सामाजिक कार्यप्रति हौसला प्रदान गर्ने हेतुले मेचिनगरका लिम्बु समितीले रु. १० हजार सहयोग प्रदान गरेका थिए । भने मिना श्रेष्ठ तथा परिवारले रु. ५ हजार र हर्क फ्याकले रु. २ हजार नगद सहयोग गरेका थिए ।

त्यस्तै गरी देउसी भैली खेली सहयोग प्रदान गर्ने मानव सेवामा समर्पण गर्ने युवाहरुको नामावली निम्नरुपमा राखिएको छ ।
१.गणेश लावती, २. स्मृति लिम्बु, ३. श्रेयिका सुव्वा, ४. सलिना लिवांग, ५. ममता पुरी, ६. युगेश राई, ७. रोलिशा आंगबुहांग, ८. रोहित सुनुवार, ९. अंजली गिरी, १०. सलिन सुव्बा लिम्वु, ११. सविना चाम्लिंग राई, १२. आदर्श श्रेष्ठ, १३. प्रेणा लिमेबु, १४. एड्रिना केरुंग, १५. रिदम श्रेष्ठ, १६. प्रशान्त लिम्बु, १७. सलिन लावतीले जनही रु. ५०० सहयोग गरेका थिए भने बिक्रम साम्सोहांगले रु. ३२० सहयोग गरेका थिए । सबै गरी जम्मा रु. २५,८२० सहयोग संकलन गरेका थिए ।

मानव सेवाको निमित्त संकलन गरेको रकम युवाहरुले “टाईनी स्टेप्स ~ ह्वेर नोवल जर्नी बिगन” नामक युवा सामाजिक संस्था गठन गरी पहिलो सामाजिक कार्य सुरुवात गरी झापा, मेचिनगर, ४ आमडॅागी स्थित मानव सेवा आश्रममा वसोवास गर्ने बृद्ध आमा-वुवा तथा असक्तहरुको सेवामा समर्पित गरी पहिलो सुरुवात गरेका छन् ।

आश्रममा वसोवास गर्ने ७५ जनालाई सन्तुलित भोजन ग्रहण गराई संगै नाचगान, बिभिन्न खेल खेली मनोरंजन गर्नुको साथै कपाल कोरिदिने, नंग काटिदिने र स्वास्थ्य सम्बन्धित बिभिन्न गतिबिधी गरी खुशी साटासाट गर्दै छुटिएका थिए । छुटिने बेलामा साना-साना युवाहरुले गरेको यस् सामाजिक क्रियाकलाप र न्यानो माया देखेर आश्रममा वसोवास गर्ने बृद्ध आमा-वुवाहरु – “फेरी आउनु ल बाबु-नानीहरु” भन्दा एकै छिन सबैलाई भावुक बनाएका छिए भने कोही रोएका पनी थिए ।

