माघ २२, काठमाडौं । संघीय सांसद तथा अर्थ समितिका सभापति सन्तोष चालेसेले जीवनको निरन्तरता नै सफलताको खुड्किला भएको बताएका छन् ।

मंगलवार काठमाडौंको चलचित्र विकास बोर्डमा सांस्कृतिक समूहद्वारा आयोजित सार्वजनिक अभिव्यक्ति कला तालिमको समापन समारोह कार्यक्रममा सो कुरा बताएका हुन् । कला बिना जीवन बाँच्न कठिन रहेको औल्याउँदै जीवन जीउन अभिव्यक्ति कलाले सार्थकता प्रदान गरेको बताए । जसले धर्य र निरन्तरता दिन सक्छ त्यही सफल हुने बिचमै छोड्दा दुर्घटना हुने भएकोले डर र समस्यको बिचबाट चिरेर जानुपर्ने बताए ।

सभापति चालिसेले प्रशिक्षार्थीहरूलाई शुभकामना दिदै युवा जनशक्तिलाई सामाजिक उत्तरदायित्व बहन गर्ने कार्य गरिएकोमा धन्यवाद समेत दिए । उनले जनशक्तिलाई सामाजिक परिवर्तन र राष्ट्रिय हितको कार्यमा संलग्न गराउन आफूले सकेको सहयोग गरिने प्रतिबद्धता गरे ।

सांस्कृतिक युवा समूहका अध्यक्ष वेचन लामाको सभापतित्वमा भएको सो कार्यक्रममा वरिष्ठ द्वन्द निर्देशक राजेन्द्र खड्गी, समाजसेवी मधु क्षेत्री लगायतले प्रशिक्षार्थीहरूलाई शुभकामना दिएका थिए ।

पत्रकारद्वाय अमरध्वज लामा र युवाराज श्रेष्ठले माघ २ गतेबाट सञ्चालित सात दिने निशुल्क सार्वजनिक अभिव्यक्ति कला तालिममा सहभागीहरुलाइ प्रशिक्षार्थीहरूलाई प्रशिक्षण दिएका थिए।

