नेपालमा लोकल रक्सी उत्पादन तथा बिक्री संरक्षण समिति गठन

माघ १५, काठमाडौं । नेपालमा कोदो रक्सी घरेलु उत्पादन तथा बिक्रि संरक्षण समितिको केन्द्रीय तदर्थ समिति गठन भएको छ ।

आज काठमाडौंमा पूर्वमन्त्री तथा संविधानसभा सदस्य शेर बहादुर तामाङको प्रमुख आतिथ्यतामा भएको भेलाले छिरिङ ग्याल्बु लामाको संयोजकत्वमा ३१ सदस्यीय केन्द्रीय तदर्थ समिति गठन भएको हो । भेलामा मन्त्री तामाङले अब नेपालमा आर्थिक प्रगति र रोजगार उत्पादन गर्नका लागि घरेलु मदिराहरु जस्ता अत्ति महत्वपूर्ण वस्तु रोक्न नहुने बताए । उनले कोदोको रक्सीको गुणस्तर विदेशी रक्सीको तुलनामा धेरै माथि रहेको र अब राज्यले यी बिषयमा तत्काल काम गर्नु पर्ने बताए । यदि राज्यले यी बिषयलाई गम्भीर भएर काम नगरे घरेलु मदिरा उत्पादकहरु चुप नबस्ने बताए ।

नेपालमा हाल कोदोको रक्सी उत्पादन तथा बिक्रि गर्ने अनुमति नभएता पनि अब राज्यले तत्काल कानुन निर्माण गरि कोदोको रक्सीलाई करको दायरामा ल्याएर खुल्ला गर्नुपर्ने र राज्यले घरेलु मदिरा शुद्द तरिकाले उत्पादन गरेको मदिराहरुलाई बिक्रि बितरणमा कुनै रोक लगाउन नहुने बताए । नेपाली उत्पादनलाई अब रोजगारी र अर्थतन्त्रमा जोड्नका लागि सरकारसंग सहकार्य गर्ने उद्देश्यले तदर्थ समिति निर्माण गरिएको समितिका संयोजक छिरिङ ग्याल्बु लामाले बताए । त्यस्तै उनले नवगठित समितिले शुद्ध कोदोको रक्सी तथा घरेलु मदिरालाई कुनै पनि हालतमा राज्यसंग समन्वय गरि छिनोफानो गरिछाड्ने समेत बताए ।

भेलामा विभिन्न जिल्लाका घरेलु मदिरा उत्पादकहरुको उपस्थिति रहेको थियो भने उनिहरुले अब रैथाने उत्पादनलाई राज्यले सम्बोधन नगरेमा खुल्लाम रुपमा सरकारसंग जावाफ माग्ने बताएका छन् । हामि राज्यलाई कर तिर्न चाहान्छौ हामि हाम्रो रैथाने उत्पादनलाई अन्तर्राष्ट्रिय स्तरमा प्रवद्र्धन गर्न चाहान्छौ, स्वदेशमै रोजगारी सृजना गरि राज्यलाई आर्थिक योजना दिन तयार रहेको बताए । स्थानीय उत्पादनको प्रवद्र्धनमा सरकारले कुनै चासो नदेखाएको भन्दै संरक्षण समितिको परिकल्पना गर्न जरुरी ठानेको समितिले जनाएको छ । समितिले ७ प्रदेश ७७ जिल्ला र ७५३ पालिकाहरुमा योजनालाई सशक्त तरिकाले गर्ने दावी गरेका छन् । नव गठित समितिको अभियानलाई सरकारले सहयोग गर्नेमा विश्वास गरेका छन् । नेपालमा घरेलु मदिरा उत्पादनलाई कानुनीय दायरामा ल्याउन गत आर्थिक बर्षको निति तथा कार्यक्रममा समेटेर बजेट समेत बिनियोजन भएको थियो ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.