आशिस तामाङ ,
भदौ ३१, काठमाडौं । चलचित्रकर्मी, संगीतकार, साहित्यिक पत्रकार, हास्यकलाकार तथा मोडेलहरुको साझा र आधिकारिक छाता संगठनले शनिवार राजधानीमा भब्य सम्मान कार्यक्रम गरेको छ ।
कलाकर्मीको साझा संघ नेमोसंघले नेपाली कला क्षेत्रमा लामो समयदेखि योगदान पु¥याउँदै आएका कलाकारहरु शम्भुजित बाँस्कोटा, नायिका प्रियंका कार्की, माल्भिका सुब्बा र गायिका तथा मोडल रमिता भण्डारीलाई ‘नेपाल आमा रत्न पुरस्कार’ द्वारा सम्मानित गरेको गरेको केन्द्रीय अध्यक्ष दिनेश शाहीले बताए । पुरस्कार वितरण गर्दै प्रमुख अथिति समेत रहेका सभामुख कृष्ण बहादुर महराले कलाकार र क्षमतावान नागरिक नै राष्ट्रको असली सम्पत्ति भएको बताए । देशभक्तको कदर, प्रोत्साहन र मुल्यांकन सरकारले गर्नुपर्ने अवस्थामा सो सम्मान कार्यक्रम प्रशंसा व्यक्त गरे ।
त्यस्तै उपप्रधानमन्त्री सुजाता कोइरालाले हिजो बिदेशी हिरो, हिरोईन, मोडेल, संगीतकार र बैँकका सिईओको वर्चस्व रहेको देश नेपालमा छोटो अवधिमै निकै उत्साहजनक प्रगति भएको बताईन् । संघीय लोकतान्त्रिक गणतन्त्र ब्यवस्थामा यस्ता सम्मानित र योग्य ब्याक्तीको ब्रेन ड्रेन रोक्नुपर्ने जिकिर गरिन् । राजधानीको अन्नपूर्ण होटलमा भएको सो कार्यक्रममा राष्ट्रकवि माधव घिमिरे, मन्त्री, राजदुत, उपकुलपति, समाजसेवि, सिनेकर्मी र सञ्चारकर्मीको बाक्लो उपस्थिति रहेको थियो ।

