वामी सेवा समिति जापानको वरिष्ठ उपाध्यक्षमा व्यवसायी घिमिरे सर्वसम्मत चयन

पुस २०, काठमाडौं । वामी सेवा समिति जापानको वरिष्ठ उपाध्यक्षमा व्यवसायी एव्म समाजसेवी कृष्ण घिमिरे सर्वसम्मत चयन भएका छन् ।

समितीको सातौँ अधिवेशनबाट घिमिरेसहितको कार्य समिति सर्वसम्मत चयन भएको हो । समितिले जापान तथा नेपालमा समस्यामा परेका व्यक्तिहरुलाई आर्थिक सहयोग जुटाउनेदेखि गुल्मीको वामीमा शिक्षा,स्वास्थ्य लगायतका विभिन्न क्षेत्रमा सहयोग गर्दै आएको छ । संस्थाले स्थापना काल (२००८) देखि झण्डै ५÷६ करोड रकम बराबरको आर्थिक तथा भौतिक सहयोग गरिसकेको वरिष्ठ उपाध्यक्ष घिमिरेले जानकारी दिए । उनका अनुसार समाजले आगामी दिनमा गुल्मीमा स्वास्थ्य शिविर,रक्तदान लगायतका कार्यक्रम समेत राख्ने योजना बनाएको छ ।

जापान तथा नेपालमा समेत व्यवसाय गर्दै आएका घिमिरेले व्यक्तिगत रुपमा समेत सामाजिक कार्यमा सहयोगी भूमिका खेल्दै आएका छन् । लामो समयदेखि जापानमा नेपाली यूवाहरुलाई समेत रोजगार दिदैं आएका उनले नेपालमा रेष्टुरेण्ट तथा कृषी व्यवसायमा पनि हात हालेका छन् । उनले विदेशी भूमिमा भन्दा आफ्नै मातृभूमिमा केही योगदान दिन सकियोस् र आफ्नै नेपाली दाजुभाईहरुले केहीको संख्यामा भएपनि रोजगार पाउँन भन्ने उदेश्य अनुरुप नेपालमा समेत व्यवसाय सुरु गरेको बताए ।

घिमिरेले रुपदेन्हीको बनवाटिका, बुद्धविहार नजिकै झण्डै २ करोडको लगानीमा डाली रेष्टुरेण्ट संचालनमा ल्याएका छन् । ‘विदेशी भूमिमा मात्र पसिना बगाउनु भन्दा नेपालमा पनि केही गरौं भन्ने आशा जाग्यो,जापानमा पनि यही रेष्टुरेण्ट व्यवसाय गरेको तथा नेपालमा कृषीमा पनि केही योगदान दिन सकिन्छ कि भन्ने लागेर कृषी व्यवसायमा समेत होमिदै छुू’ उनले भने ‘सम्भाव्यता धेरै भएता पनि नेपालको राजनिति स्थीर नहुँदा नेपाली यूवा तथा व्यवसायी धेरै विदेश पलायन हुनेक्रम बढ्यो यसलाई सरकारले रोक्नुपर्छ ।व्यवसायीलाई निरुत्साहित होइन प्रोत्साहित गरे देश आर्थिक समृद्धिको बाटोमा जान्छ भन्ने लाग्छु”

। उनले नेपालको राजनिति र अर्थतन्त्र लयमा गए जापान तथा अन्य मूलुकमा रहेका व्यवसायीहरु नेपालमा लगानी भित्र्याउन आतुर रहेको बताए । ूजापान तथा अन्य देशमा रहँनु भएका साथीहरुसँग छलफल हुन्छ ,उहाँहरु पनि मातृभूमिमा लगानी गर्न इच्छुक त हुनुहुन्छ तर नेपालको राजनिति र कानून व्यवसायीलाई प्रोत्साहन भन्दा पनि निरुत्साहित गरेको हो की भन्ने भान हुन्छ,लगानी गर्दै गर्दा लगानीको सुरक्षा छैन् त्यसकारण पनि उहाँहरु लगानी गर्न सकिरहँनु भएको छैन् । लगानीको वातावरण स्थानियदेखि केन्द्र सरकारले सहज रुपमा गराउँन सके नेपालमा लगानी भित्र्याउँन गाहा्रे छैन् ,धेरै नेपालीलाई रोजगारको वातावरण पनि बन्छू उपाध्यक्ष घिमिरेले भने ूनेपालमा रोजगारी ह्वातै बढ्छ भन्ने त होइन तथापी विस्तारै बढाउँदै जाने हो तथ्यमा हेर्ने हो भने हामीलाई विदेश नपुगी त सबैलाई एकाएक रोजगारी पाइन्छ भन्ने छैन् तर विदेशमा पनि सम्मानजनक रुपमा त्यही अनुसारको तलब(भत्ता पाउँने बनाउँनु पर्छ । त्यो काम सरकारको हो र राजनितिक दलहरुको हो ।

टोकियोको शिबुयास्थित मनसुन बारमा भएको संस्थाको अधिवेशनले सर्वसम्मत अध्यक्षमा दिलिप थापा,बरिष्ठ उपाध्यक्षमा कृष्ण घिमिरे,उपाध्यक्ष विष्णु प्रसाद सापकोटा,महासचिव गोकुल खत्री,सचिव सुजन खत्री,सहसचिव रविन कक्षापति, कोषाध्यक्ष होमलाल सापकोटा, सहकोषाध्यक्ष ईश्वरी सापकोटालाई चयन गरेको छ भने सदस्यहरुमा खिम बहादुर खत्री,मख्खन घर्ती,सुवास परियार,यज्ञ प्रसाद घिमिरे,प्रकाश जिसी,खिम बहादुर नेपाली,टंक लामिछाने,बावुराम काफ्ले, शिव केसी,डिवी रायमाझी, देव सापकोटा रहेका छन् ।

साथै महिला उपाध्यक्षको पद कार्य समितिको पहिलो बैठकले तय गर्ने अध्यक्ष थापाले जानकारी दिए । उनका अनुसार कार्य समितिले हरेक वर्षको जनवरी १ तारिखमा साधारण सभा तथा अधिवेशन गर्दै आएको छ ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.