प्रवासी नेपाली एकता मञ्च पोल्याण्डको पुनर्गठन, अध्यक्षमा लामा

भदौ ५, पोल्याण्ड (नेकपा (एकीकृत समाजवादी) ले प्रवासमा आफ्नो सङ्गठनलाई बिस्तार गरेको छ। यसै क्रममा एकीकृत समाजवादीको प्रवासको संगठन प्रवासी नेपाली एकता मञ्च पोल्याण्डले सोमबार आफ्नो संगठनलाई पुनर्गठन गरेको छ। प्रवासी नेपाली एकता मञ्च प्रवास कमिटीका प्रचार विभाग प्रमुख शेरबहादुर परियारको प्रमुख आतिथ्यतामा जुम अनलाइन मार्फत भएको भेलाले रमेश लामा अध्यक्ष रहेको २७ सदस्यीय राष्ट्रिय कमिटी गठन गरेको हो।

भेलाले पोल्याण्ड राष्ट्रिय कमिटीको उपाध्यक्षद्वय मीनबहादुर पाण्डे तथा राजेन्द्र पाण्डे (असिम), सचिव निश्कर्ष लामा, उपसचिवद्वय दिवस पञ्चकोटी तथा मोहन बिक्रम थापा र कोषाध्यक्ष कर्मा लामालाई चयन गरेको छ।

त्यसै गरी सदस्यहरुमा क्रमशस्पुर्णकुमार प्रधान, दलबिक्रम लावती, अमर बहादुर कार्की, सुरज पुन, सुरेन्द्र गुरुङ, कुमार तिम्सिना, सुनिल परियार ,दुर्गाबहादुर मगर,जितबहादुर सुन्दास, अमृत गुरुङ ,अस्मित लिम्बु, दिव्या सुन्दास, अनिस पाठक, अशोक अधिकारी, कबित दर्नाल,सन्तोष श्रेष्ठ ,शंकर पाठक ,राज लिम्बु, इफ्तेखर मोहम्मद र रोमन विश्कर्मा चयन भएका छन्।

भेलाले टंक कटुवाल संयोजक तथा शेरबहादुर परियार, मनविर लामा र सूर्य सुव्वा सदस्य रहेको सल्लाहकार समिति समेत निर्माण गरेको छ। रमेश लामाको अध्यक्षतामा भएको भेलालाई निश्कर्ष लामाले सञ्चालन गरेका थिए। प्रमुख अतिथि परियारले प्रवासी संगठनको भूमिका तथा दायित्व बारे प्रकाश पार्दै कमिटी निर्माणमा सहजीकरण गरेका थिए।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.