मगर संघ अमेरिकाको अध्यक्षमा याम पुन मगर

साउन १८, न्युयोर्क । संयुक्त राज्य अमेरिकाको कोलोराडोमा भर्खरै सम्पन्न मगर संघ अमेरिकाको ९ औ महाधिबेशनले याम पुन मगरलाई अध्यक्षमा चयन गरेको छ ।

अमेरिकाको कोलोराडो राज्यमा विभिन्न राज्यबाट मगरहरुको बाक्लो उपस्थितिमा ९ औँ राष्ट्रिय महाधिवेसन बोल्डर शहरमा भव्यताका साथ सम्पन्न भएको छ । केन्द्रिय मगर संघ सहित ११ राज्यका प्रतिनिधहरू र छ वटा राज्यहरूको छाता संघठन मगर संघ च्याप्टर कमिटीहरुबाट आ–आफ्नो मौलिक झाँकी र र्‍याली सहित सभाहलमा प्रवेश गरी कार्यक्रमको शुभारम्भ भएको थियो । प्रमुख अतिथि केन्द्रीय मगरसंघ अमेरिकाका पूर्वअध्यक्ष महेन्द्र थापा मगरले कार्यक्रमको समुदघाटन गर्नुभएको थियो भने सोहि अवसरमा संघले संघको मुखपत्र याँभुको प्रमुख अतिथि र निवर्तमान मगर संघ अमेरिका केन्द्रीय अध्यक्ष कुलदिप राना मगरको हातबाट विमोचन गरेको छ ।

महाधिवेशनमा निर्वाचन समितिले याम पुन मगरको नया नेतृत्वमा दुई बर्ष कार्यकालको लागि  सन् २०२३ देखी २०२५ का लागि १७ सदस्यीय नयाँ कार्यसमिती चयन गरेको हो ।

जसमा वरिष्ठ उपाध्यक्षको रुपमा न्यूयोर्कको क्षेत्रबाट दिप सागर वुढा मगर, महिला उपाध्यक्षमा न्यूजर्सिबाट जेनिसा घर्ति मगर, पूर्वि क्षेत्र टेक्सासको उपाध्यक्षमा जिवराज वुढा मगर, ईलिनोई पश्चिम क्षेत्रबाट उपाध्यक्षमा मिन दर्लामी मगर, मध्यम क्षेत्र कोलोराडो क्षेत्रबाटउपाध्यक्षमा टेक वहादुर थापा मगर, क्यालिफोर्निया क्षेत्रबाट भाषिक उपाध्यक्षमा गणेश आले मगर, टेक्सासको क्षेत्रबाट महासचिवमाभुवन आले मगर, न्यूयोर्कको क्षेत्रबाट सचिवमा पुर्ण वहादुर पाईजा मगर, न्यूयोर्कको क्षेत्रबाट कोषाध्यक्षमा यम कुमारी थापा मगर रमेरिल्याण्ड क्षेत्रबाट सह–कोषाध्यक्षमा रुपा सिॅन्जाली मगर चयन हुनु भएको छ । त्यस्तै सदस्यहरुमा विकास घर्ति मगर, कमल सारुमगर, कमला थापा सारु मगर, केश व। पुन मगर, केशव थापा मगर, प्रदिन सुइयाल मगर र प्रकास राना मगर चयन हुनु भएको छ ।

उत्कृष्ट तथा जेहेन्दार मगर बिद्यार्थीहरुलाई हौसला र प्रोत्साहन गर्न मगर बिद्यार्थी छात्रवृत्ति कोष समितिबाट छनौट भएका हाई स्कुल विधातर्फ बाट युनिक रानामगर (कोलोराडो), अन्डरग्राज्युट विधातर्फ बाट सत्य पुन मगर (टेक्सास) र ग्राज्युट विधा तर्फबाट ज्ञानु रानामगर (केन्टुकि) लाई १÷ १ हजार डलर र प्रमाणपत्र सहित सम्मान गरिएको थियो। सो कार्यक्रममा सांस्कृतिक प्रस्तुति चर्चित लोक दोहोरी गायिका संगिता थापा मगर, लोक तथा पप गायक दिलिप कुमार शिरिष मगर रटेक्साससको पन्जेवाजा टोली सहित कोलोराडोको मगर सांस्कृतिक नृत्यको वेजोड प्रस्तुति रहेको थियो ।

महासचिव दिप सागर बुढा मगरले २ वर्ष कार्यकालमा संघले गरेको गतिविधिहरूको प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । कार्यक्रमको बन्दसत्र पछि निवर्तमान मगर संघ अमेरिका केन्द्रीय अध्यक्ष कुलदिप राना मगरले नव निर्वाचित मगर संघ अमेरिका केन्द्रीयअध्यक्ष याम पुन मगरलाई संघको म्याण्डेट बुझवुझारथ गर्दै कार्यक्रम समापन भएको घोषणा गर्नुभएको थियो ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.