नेपाली नोट खारेज नगरे अमेरिकाबाटै भोक हड्ताल गर्ने एकबहादुर क्षत्रीको चेतावनी

नेपालमा भ्रष्टाचार र अपराध निर्मूल गर्न नोट खारेज नगरे अमेरिकाबाटै भोक हड्ताल गर्ने सामाजिक अभियान्त एकबहादुर क्षत्रीले चेतावनी दिएका छन ।

२१ बर्ष अगाडी अमेरिका पुगेका क्षत्री अमेरिकी सिपीए (प्रमाणित जन लेखापाल ) हुन् भने हाल उनि विस्कनसिन राज्यको म्याडिसन शहरमा बस्दै आएका छन । उनले नोट खारेज सम्बन्धि थुप्रै लेखहरु प्रकाशित गरेका छन् । नोटलाई खारेज गरेमा मात्र देश भ्रष्टचारबाट मुक्त हुन् सक्छ र भ्रष्टचारलाई उन्मुलन गर्न सक्ने दावी गरेका छन् । ५०० र रु. १,००० का नोटलाई खारेज गर्नुपर्छ भनेर वकालत निरन्तर गर्दै आएका छन् । उनि अमेरिकाबाट नेपाल आउने जाने र यस सम्बन्धि सम्बन्धित थुप्रै सरकारका उच्च व्यक्तित्व तथा निकायमा चक्कर काटी सकेका छन् । तर उनको कुरा कसैले सुने पनि नसुने गरेकोमा उनि दुखि छन । आफ्नो अपराध सुधारको लागि नोट खारेज अभियानलाई अझ सशक्त रुपमा नेपाल सरकारलाई स्पष्ट कुरा राख्न चाहन्छन ।

अमेरिकामा सिपिए पेशामा रहेका उनि अत्यधिक व्यस्त रहेका क्षत्री गत बर्ष थुप्रै समयसम्म नेपाल बसेर पुनः कर्म थलो अमेरिका फर्केका हुन् । उनले थुप्रै आश्वासन पाए तर यस बिषयमा गम्भीर भएर कुनै निकाय तथा सम्बन्धित मन्त्रालय या विभागले कान ठाडो नपारेको कारण उनि अमेरिकामा पुनः तातेका छन् ।अब उनले यस बिषयमा गम्भीर नभए सचेतनाको लागि अमेरिकी माटोमै भोक हड्ताल गर्ने बिज्ञप्तिमा जनाएका छन् ।

भ्रष्टाचार,अपराध र कर अतिक्रमणको उल्लेखनीय उन्मूलन, सुरक्षा र प्रशासनिक खर्चमा कमि ल्याउन र वर्तमान करको दरलाई २० देखि ३० प्रतिशतसम्ममा घटाउनका लागि नोटको चलन हटाउनुपर्ने र नोटको चलन हटाउन निकै सजिलो तथा कुनै कष्टदायी समेत नभएको कुरामा आफू वकालत गर्दै आएको बिज्ञप्तिमा उल्लेख गरेका छन् । बिगत ६ बर्ष अर्थात् २०७४ साल देखि क्षत्रीले प्रधानमन्त्री, अर्थमन्त्री, भ्रस्ट्राचार निवारण आयोग, निर्वाचन आयोग, संघिय संसद समितिहरु, संघीय मन्त्रालयहरु, प्रदेश सरकार र धेरै स्थानीय सरकारलाई बिधुतिय डाक (इमेल),पत्र,फोन (दूरभाष) र भेटघाट लेख प्रकाशित गरि वकालत गर्दै आएको समेत बिज्ञप्तिमा जनाएका छन ।

अन्त्यमा उनले यधपी सो नगरेमा आफू ६८ बर्ष भएको उमेर खुलाउदै नेपाली नागरिकले देश र समाजको रक्षा, अपराध र भ्रष्टचार हटाउन ,अनि खरब खरब राजस्व बचत गराउन र एक तिहाई कर दर घटाउन बिदेशी मुलक अमेरिकामा भोक हड्ताल शुरु गर्ने सचेत गराउन यो बिधुतिय डाक (इमेल ) र पत्र लेखेको जनाएका छन् । उनले पत्रको बोधार्थ ,सम्माननीय प्रधानमन्त्री पुष्प कमल दाहाल ‘प्रचण्ड’,नेपाल सरकार ,माननीय उधोग बाणिज्य मन्त्री, नेपाल सरकार ,माननीय मुख्यमन्त्री जम्कट्टेल, बागमती प्रदेश सरकार तथा नगर प्रमुख बालेन्द्र शाह, काठमाडौँ महानगरपालिकालाई समेत दिएका छन् । साथै उनले अमेरिकी सरकारलाई पनि पत्राचार गरेका छन् ।

उनले अगाडी सारेको योजना र प्रस्ताव वर्तमान परिपेक्षमा कत्तिको सम्भव र व्यावहारिक छ त्यो सम्बन्धित निकाय तथा सम्बन्धित व्यक्तिहरुले यस बिषयमा विचार र यसलाई गम्भीरता पूर्वक लिने छन् भन्ने अपेक्षा गरिएको छ । उनले यस बिषयमा देश बिदेशमा बस्ने सबै संचार माध्यम ,नेपाली समुदायको साथ र सहयोग रहने अपेक्षा रहेको जनाएका छन् ।

उनको प्रेस (छापा) विज्ञप्तिको पूर्ण पाठ जस्ताको त्यस्तैः

बिषयः भ्रष्टाचार र अपराध निर्मूल गर्न नोट खारेजको लागि भोक हड्ताल

भ्रष्टाचार,अपराध र कर अतिक्रमणको उलेख्खनिय उन्मूलन, सुरक्षा र प्रशासनिक खर्चमा कमी ल्याउन र वर्तमान करको दरलाई २० देखि ३० प्रतिशतसम्ममा घटाउनका लागि नोटको चल्न हटाउने पर्ने र नोटको चल्न हटाउन निकै सजिलो तथा कुनै कस्टदायी समेत नभएको कुरामा वकालत गर्दै आएको छु। सरकारको नेटवर्कमा नपरेको गैरपारदर्शी अपारदर्शी नोट मार्फत लाखौं लाख अपराध भइरहेका छन् र प्रमाण नहुँदा हजारौं सरकारको नेटवर्कमा परेर पनि उन्मुक्ति पाएका छन नोटले अपराधलाई बढावा दिने र साशन प्रणालीलाई कमजोर, खर्चिलो र झान्झीटिलो पारिरखेको छ ।

२०७४ साल देखि मैले प्रधानमन्त्री, अर्थमन्त्री, भ्रस्ट्राचार निवारण आयोग, निर्वाचन आयोग, संघिय संसद समितिहरु, संघीय मन्त्रालयहरु, प्रदेश सरकार र धेरै स्थानीय सरकारलाई इमेल,पत्र,फोन र भेटघाट लेख प्रकाशित गरि वकालत गर्दै आएको छु। यी मध्ये कुनै पनि सरकारले यस्तो सजिलो ठूलो आवाज सुनेनन् र जनताको हितको लागि सजिलो बाटो सोचेनन्। बरु सबै भ्रष्टाचार गर्ने भ्रष्टाचार र अपराध गर्ने बाटो खुला राखनेमा तल्लिन भए र भएका छन् ।

तिनै तहका सरकारले कठिनाइ बिना आफ्नो अधिकार क्षेत्रमा सबै खुद्रा पसलमा एक महिना भित्र डेबिट कार्डबाट खरिद मिल्ने पिओएस जडान गर्न लगाई अर्को २ महिना पछि सहज तरिकाले रु. ५०० र रु. १,००० का नोट सार्बजनीक कारोबार रोकेर साना दरका नोटहरू सिमित उपयोग गरेर सजिलै समस्या समाधान गर्न सकिने परिस्थिति रहेको छ सो सरकारलाई जानकारी छ।

एक महिना आफ्नो अधिकार क्षेत्रमा सबै खुद्रा पसलमा एक महिना भित्र डेबिट कार्ड बाट खरिद मिल्ने पिओएस जडान गर्न सबै खुद्रा पसलेहरुलाई लगाउने अर्को २ महिना पछि सहज तरिकाले रु. १०० भन्दा ठुला नोट सार्बजनीक कारोबार रोकेर साना दरका नोटहरू सिमित उपयोग गर्ने निर्णय प्रधानमन्त्री, उधोग बाणिज्य मन्त्री, बागमती प्रदेश मुख्यमन्त्री तथा काठमाडौँ महानगरपालिका मेयरले गर्नको लागी पुनः निबेदन गर्दछु र सो नगरेमा एक ६८ बर्षे नेपाली नागरिकले देश र समाजको रक्षा, अपराध र भ्रस्टाचार हटाउन , अनि खरब खरब राजस्व बचत गराउन र एक तिहाई कर दर घटाउन बिदेशी मुलकमा भोक हड्ताल शुरु गर्ने सचेत गराउन यो इमेल ÷ पत्र लेखेको छु।

एकबहादुर क्षत्री
अभियन्ता
अपराध सुधारको लागी नोट खारेज
Email: notkhareztathaiposheraandolan@gmail.com

सम्माननीय प्रधानमन्त्री पुष्प कमल दाहाल ‘प्रचण्ड’,नेपाल सरकार
माननीय उधोग बाणिज्य मन्त्री, नेपाल सरकार
माननीय मुख्यमन्त्री जम्कट्टेल, बागमती प्रदेश सरकार
नगर प्रमुख बालेन्द्र शाह, काठमाडौँ महानगरपालिका
महामहिम श्रीधर खत्री नेपाल Embassy of Nepal Washington D. C. USA

नेपालीहरु दह्रो सावधान गराउनु होश!!! आन्दोलनमा सहभागी हुनु होश!!!

नोट अति आबश्यक बस्तु हो। दैनिक आर्थिक कारोबार र भ्रस्ट्राचार तथा अपराध कारोबार दुबैकोलागी नोट न भै हुन्न । दैनिक आर्थिक कारोबार बैंक मार्फत सहायताले पनि झन् सजिलो तरिकाले गर्न सकिन्छ । भ्रस्ट्राचार तथा अपराध कारोबार बैंक मार्फत गर्न सकिन्न।

भ्रस्ट्राचार निर्मूल गर्न तथा अपराध धेरै कम गर्नको लागी नोटको प्रणालीबाट नै बिस्थापित गर्नु पर्छ। हाम्रो शरीरको रोगले छोएको अंग बिस्थापित गर्नु नै उच्चतम उपाए हो। दैनिक आर्थिक कारोबारको लागी पसल पसलमा डेबिट कार्ड प्रयोग गर्न मिल्ने र सिधा बैंकमा जम्मा हुने गरि POS को ब्यबस्थाको सरकारले निर्देश मात्र दिनु पर्नेछ ।

सरकारको घुमाउरो तरिकाले भ्रस्ट्राचार गर्ने निति अनुसार बाध्यताले नोट ऊपयोग गरेर भ्रस्ट्राचार विरोधीलाई भ्रस्ट्राचार र जघन्य अपराध गराई राखेको छ। हामी एक आधले नोट प्रयोग नगरेर बैंकबाट भुक्तानी कम हुँदैन त्यसले पनि सहयोग अपराध भ्रस्ट्राचारको लागि झन् बढी सहयोग हुने गरेको छ।

प्रणाली सुधारको लागी आन्दोलन गर्नु पर्छ सो गर्दै आएका छौँ। अहिले पहिलो माग हरेक पसलको POS को ब्यबस्था एक महिना भित्र गर्ने निर्देशन गर्न लगाउने । तीन महिनापछि नोट चल्ती खारेज हुने योजना सार्बजनिक गर्न लगाउने। ९० % आर्थिक कारोबार बैंक मार्फत भैसके पछि सो पालिका नोट चल्ती खारेज गरि ६ महिनामा अधिराज्य भर पूर्ण रुपमा नोट चल्ती खारेज गराउने ।

नोटको चल्ती खारेज गर्ने ५ बर्ष देखी संघर्स रहत छु । तिनै तहका सरकारले मेरो आब्हान सुनेको छैन। मैले राम्रो ठानेको ट्रान्सपेरिन्सी नेपाल, सिएहरुको संस्था र संघ, नेपाल राष्ट्र बैंक, नेपाल बैकर्स संस्था र ऊपभोक्ता मंचहरुसंग हारगुहार मागेको पनि कुरा सुनेन्। कस्ता ति संस्था र के को लागी हुन कस्तो भ्रस्टाचार सुधार गरे र गर्लान?

स्थानीय सरकार र नागरिक समाज, कर्मचारी, राजनैतिक दल कार्यकर्ता, भ्रस्ट्राचार र अपराध बिरोधीहरु देश बिदेशमा रहेका जंहा रहेकाले सोसल मेडियाबाट POS को फाइदा नोटको चल्न बिस्थापित सम्बन्धमा बृहद प्रचार प्रशार गर्नुश र देशको भ्रस्टाचार अपराधको बारेमा चुप लागेर बस्ने बेला होईन तपाईको सानो सहयोगले ठूलो अर्थ हुन्छ। आन्दोलनमा सहभागी हुनु होश!!!

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.