साउन ३, स्कटल्याण्ड। गैरआवासीय नेपाली संघ (एनआरएनए) यूकेको यही आउँदो जुलाई २२ मा हुने निर्वाचनमा स्कटल्याण्ड राज्य समन्वय परिषदको केन्द्रीय उपाध्यक्ष पदमा मनिष खत्रिले उम्मेद्वारी दिएका छन्।
गैरआवासीय नेपाली संघ यूके राज्य समन्वय परिसद स्कटल्यान्डको सचिव हुँदै उपाध्यक्षमा रहेर काम गरिसकेका मनिष खत्रीले यस पटक केन्द्रीय उपाध्यक्षको पदमा उम्मेद्वारी दिएका हुन् । ४ वर्ष नेतृत्वमा रहेर काम गरेको अनुभवलाई लिएर युवा पुस्तालाई एन.आर. एनए. को काम कर्तव्यप्रति आकर्षित र दक्ष जनशक्तिको सदुपयोग गराउन आफ्नो उम्मेद्वारी रहेको बताएका छन् । स्कटल्याण्डका विश्वविद्यालयमा विद्यार्थी नेतृत्व समेत गरेका खत्रीले भुकम्पको बेला मानवीय तथा भौतिक क्षति पुगेका नेपालका विभिन्न स्थानहरूमा राहत सामग्री वितरणमा महत्वपूर्ण भूमिका खेलका थिए ।
नेपाली विद्यार्थीहरुलाई अध्ययनमा सहज बनाउन पुस्तकालय निर्माण, विद्यालय भवनको निर्माण लगायत थुप्रै राहत कार्यमा सक्रियताका साथ लागेका मनिष खत्रीले यूके र स्कटल्याण्ड राज्य समन्वय परिषदसंग समन्वय र सहकार्य गराउँदै सामाजिक अगाडी बढ्ने लक्ष्यसहित चुनावी मैदानमा उत्रिएका छन् । गैरआवासीय नेपाली संघ युके स्कटल्याण्डको केन्द्रीय उपाध्यक्ष्मा उम्मेद्वारी दिदैँ खत्रीले नेपाली भाषा, संस्कृतिको संरक्षण र प्रर्वद्धृनमा सहयोग पु¥याने प्रतिबद्धद्धता गरेका छन् । गैरआवासीय नेपालीहरूको समस्यामा साथ दिदै आएका उनले आउने निर्वाचनमा आफ्नो पक्षमा मतदान गराउन आग्रह गरेका छन् ।
स्कटल्याण्डमा बसोबास गरेका खत्रिले विभिन्न सामाजिक संघसंस्थाहरूमा महत्वपूर्ण पदमा रही काम गरेको अनुभवको आधारमा युवा पुस्ताको नेतृत्व आवश्यता ठानेर आफूले उम्मेद्वारी दिएको घोषणा गर्दै २२ जुलाईमा मतदान गराउन यूकेबासीहरूलाई आग्रह गरे ।

