अमेरिकामा एक नेपालीको गोली हानी हत्या

पुस २४, काठमाडौं । अमेरिकाको कोलोराडोमा एक नेपालीको गोली हानी हत्या गरिएको छ ।

तनहुँ, दमौली घर भइ अमेरिकाको कोलोराडोमा बसोबास गर्दै आएका भेषराज लामिछानेको गोली हानी हत्या गरिएको हो । करिब आठ वर्षदेखि कोलोराडोमा बसोबास गर्दै आएका भेषराजको बिहीबार राति आफैले संचालन गर्दै आएको पसल भित्रै बन्दुकधारीले गोली चलाउँदा उनको घटनास्थलमा नै मृत्यु भएको हो। उनी सन् २०१४ मा डिभी परेर अमेरिका पुगेका थिए।

५३ वर्षीय लामिछानेको हत्यामा संलग्न सन्दिग्ध अपराधीलाई प्रहरीले घटनास्थलभन्दा केही पर पक्राउ गरेका छन् । सन्दिग्ध अपराधीले पहिले उनमाथि आक्रमण गरेको र त्यसपछि गोली चलाएर उनको हत्या गरेको कोलोराडोस्थित हुइट्रिज प्रहरीले जनाएको छ। चार सन्तानका बाबु भेषराज कोलोराडोस्थित नेपाली कम्युनिटीका सक्रिय कार्यकर्ता भएको बताइएको छ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.