यूएईसँगको मैत्रीपूर्ण खेलमा अर्जेन्टिना विजयी

मङ्सिर १, काठमाडौं । कतार फिफा विश्वकप अघि भएको मैत्रीपूर्ण खेलमा अर्जेन्टिनाले शानदार जित हात पारेको छ ।

बुधबार राति सम्पन्न भएको खेलमा अर्जेन्टिनाले यूएईविरुद्ध ५–० को जित हात पारेको हो । अर्जेन्टिनाको जितमा एन्जल डी मारियाले दुई गोल गरेका हुन् । त्यस्तै, जुलियन अल्भारेज , लियोनल मेस्सी र जोआकिन कोर्रेयाले १–१ गोल गरेका थिए। यूएईविरुद्ध अर्जेन्टिनाले पहिलो हाफकै ४ गोल गरेको थियो । अर्जेन्टिनाले दोस्रो हाफमा थप १ गोल गरेको हो । कतार विश्वकप यहि २० नोभेम्बरबाट सुरु हुने भएको छ । समूह ‘सी’ मा रहेको अर्जेन्टिनाले पहिलो खेल २२ नोभेम्बरमा साउदी अरेबियाविरुद्ध खेल्ने भएको छ ।

समूह ‘सी’ मा अर्जेन्टिना, साउदी अरेबियाका, मेक्सिको र पोल्याण्ड पनि रहेका छन् ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.