‘मिस नेपाल युएसए २०१८’को ताज दिलाशालाई

भदौ ७, काठमाडौं । छैठौं ‘मिस नेपाल युएसए २०१८’को ताज नेब्रास्का निवासी २४ बर्षिय दिलाशा न्यौपानेले जितेकी छन् ।

१६ प्रतियोगीलाई पछि पार्दै उनले उपाधि हात पारेकी हुन् । कार्यक्रममा शिर्ष उपाधिका साथ उनले मिस एकाडेमिक एक्सिलेन्स अवार्ड समेत हात पारिन् । टेक्सस शहरमा १९ अगस्टमा एक भब्य कार्यक्रम सहित सम्पन्न प्रतियोगितामा फस्टरनरअफ टेक्ससकी २२ बर्षीया पोसा घर्तीमगर चुँनिदा सेकेण्ड रनरअपको उपाधि कोलोराडोकी २१ बर्षीया कृति ढुंगेलले हात पारिन् । घर्तीमगरले मिस पर्सनालिटि, मिसकल्चर र मिस फ्रेन्डली विधामा समेत अवार्ड जित्न सफल भइन् ।प्रतियोगितामा टेक्ससकी आयशा ओझा मिस पब्लिक च्वाइस बनिन् । सोर्वे फाउण्डेशनको सद्भावना दुत समेतको अवसर हात पारेकी आयशाले मिस सोशल एक्सिलेन्सको समेत अवार्ड चुमिन् ।

यसैगरी अदीति श्रेष्ठले मिस डिसिपिलिन, निलिया गुरुङले मिस फोटोजेनिक, विना श्रेष्ठले मिस क्याटवाक, स्वीकृती भट्टराईले मिस ट्यालेन्ट र वियन्का अधिकारीले मिस नेपाल टेक्ससको उपाधि हात पारे । सन् २०११ देखि अमेरिकाको न्युयोर्क शहरबाट सुरु भएको प्रतियोगीता ‘मिस नेपाल युएसए’का संस्थापक परिकल्पनाकार इप्लानेट नेपालका सन्तोस सापकोटा र अमेरिकामा चर्चित युवा नेपाली ईण्टरप्रेनर अमित शाह हुन् ।
टेक्ससको डलास नजिकको शहर सिटी अफ प्लानोले समेत सहकार्य गरेको प्रतियोगीतामा नेपाली समाज टेक्सस र नेपाल पर्यटन बोर्डको समेत सहभागीता रहेको थियो । पूर्व मिस नेपाल मेलिना जोशी, कोरियोग्राफर सुरेश मानन्धर र फोटोग्राफर राजिव श्रेष्ठ लगायतको प्रशिक्षक बाट बिभिन्न प्रशिक्षण सहित प्रतियोगी फाइनलमा उत्रिएका थिए । प्रतियोगी सिगार्ने जिम्बेवारी मञ्जु दुलाल (सापकोटा) ले गरेकी थिइन् ।

अमेरिकामा रहेका नेपाली युवतीको सौन्दर्य र बौद्धिकता निखार्ने उदेश्य रहेको यो प्रतियोगीता ‘ईम्पावरिङ्ग युथ, प्रोमोटिङ नेपाल’ मूल नाराका साथ आयोजना हुँदै आएको छ । यसपटकको प्रतियोगीताको होष्ट संजय गुप्ताले गरेका थिए भने प्रतियोगीको फेसन डिजाइन लजिमा सुब्बा र क्षतिजा शाक्यले तयार गरेका थिए । सौन्दर्य प्रतियोगिताको यो छैठौ संस्करण नेपाल ११ इन्टरटेनमेनन्का प्रतीक सुवेदीको ब्यावस्थापनमा सम्पन्न भएको थियो ।

Satkar Media House
Leave A Reply

Your email address will not be published.