साउन २१, काठमाडौँ । अष्ट्रेलियाको सिड्नीमा वी पी बिचार संग्रह केन्द्र अष्ट्रेलिया शाखा गठन भएको छ।
पाँच सदस्यीय रहेको शाखाको अध्यक्षमा उज्वल ढकाल, सचिब निशा ढकाल, कोषाधयक्ष ईश्वर खड्का सदस्य नवीन घले र अर्को सदस्यमा आबिस्कार रिमाल रहेका छ्न्। बिपी संग्रहालयका संस्थापक अध्यक्ष एवं नेपाली काँग्रेसका नेता परशुराम पोखरेलको प्रमुख आतिथ्यतामा उक्त शाखा कमिटी गठन गरेको हो । उक्त कार्यक्रममा नेता पोखरेलले वी.पी. कोइरालाको ४१ओैँ स्मृति दिवसको अबसरमा जननायक वी.पी. कोइराले प्रजातन्त्र स्थापनामा पु¥याउनुभएको योगदानको चर्चा गर्दै वी.पीको समाजबाद, अहिले नेपालको राजनीतिक अवस्थाबारे र वैदेशिक नीतिका साथ युवा पुस्ताको भूमिका बारेमा स्पष्ट पार्नुभएको थियो ।

नेपालको राणाकालीन अबस्थाबाट मुक्ति दिलाउने नेपालको प्रथम व्यक्ति बि पी कोइराला रहनु भएको हुदा उहाँको स्मरण गर्नु अति जरुरी छ। पोखरेल भन्छन् –वी पी कोइरालालाई राजनीति, साहित्य र दर्शन गरी त्रिकोणबाट अध्ययन गर्नुपर्ने बताउनुभयो । त्यसमा एक कोणलाई मात्र छाडियो भने पनि वि पि बारेमा जानकारी पूर्ण नहुन सक्छ उहाँले बताउनुभयो । अहिलेले अध्ययनको सिलसिलामा अष्ट्रेलियामा यूवा समूह लाखौको संख्यामा रहेको र यो पुस्तामा राजनीतिप्रति बितृष्णा बढ्दै गएको अबस्थामा यस्तो किसिमको बिचार संग्रह केन्द्रको स्थापना हुनु महत्वपूर्ण हुने छ, यस बिचार संग्रह केन्द्रले आउदो मंसिर ४ गते हुन गईरहेको नेपालको आम निर्बाचनमा बिदेशमा रहनु भएका योग्य नागरिकले आफ्नो मत हाल्नको लागि कस्तो अबस्था हुनपर्छ र कुन रानीतिक दलको घोषणापत्र कस्तो छ त्यो हेरेर मत हाल्ने वातावरण बनाउन पनि उक्त बिचार संग्रह केन्द्रले आफ्नो भूमिका निभाउन पूर्ण रुपमा सफल हुनेमा विश्वास गर्नुभयो ।
नेता पोखरेलले अष्ट्रेलियाका लागि नेपाली राजदुत महामहिम कैलास पोखरेलसंग भेट गरेर अष्ट्रेलियामा रहेका नेपाली विद्यार्थीहरुको पासपोर्ट नविकरण र भिषा लगायतका बिषयमा आवश्यक सहयोग गर्न अनुरोध गर्नुभयो ।

