न्युयोर्क । लायन्स क्लब अफ क्विन्स बुद्धको नयॅानेतृत्वमा खडग बहादुर पुलामी ( बिक्की) सर्बसम्मतचयन भएका छन् ।
लायन्स क्लब अफ क्विन्स बुद्धको सम्पुर्णपदाधिकारीहरुको उपस्थितीमा भर्चुअली बसेको बैठकबाट २०२२–२३ को लागी लायन खडग बहादुर पुलामी (बिक्की) लाई सर्बसम्मत अध्यक्ष पदकोलागी चयन गरेको हो ।

भर्चुअली बसेको बैठकबाट प्रथम उपाध्यक्षमालायन बुद्ध पौड्याल, द्वितिय उपाध्यक्षमा लायन सोनु मल्ल र तृतिय उपाध्यक्षमा लायन शिबजी खड्का चयन हुनुभएको हो । त्यस्तै गरी सचिब पदमा लायन चन्द्र नेपाली, कोषाध्यक्षमा सुरेश कार्की, मेम्बरशिप चेयरमा सांग दोर्जे शेर्पा र सिग्नेचर कार्यक्रम संयोजकमा प्रकास बस्नेत सर्बसम्मत चयन हुनु भएको हो ।

