क्यालिफोर्नियामा एक नेपालीमाथी सामूहिक आक्रमण, सहयोगको लागि अपिल

जेठ २४, क्यालिफोर्निया । संयुक्त राज्य अमेरिकाको क्यालिफोर्निया राज्यको ओकल्यान्डमा एक नेपाली युवा सार्वजनिक स्थलमा गम्भिर रुपमा कुटिएका छन् ।

क्यालिफोर्निया राज्यको ओकल्यान्ड बस्ने २५ वर्षीय सागर (ओशन) तामाङ काम सकेर राति ११ बजे तिर ओकल्यान्ड शहरको डाउनटाउनमा स्यान्डविच किन्न निस्कँदा फक्स थिएटरको अगाडी बाटोमा अपरिचित ब्यक्तिको समुह आई पछाडी बाट आक्रमण गरि निर्मम तरिकाले कुटपिट गरि गम्भिर घाईते बनाई फरार भएको छ ।

सागरलाई कुटपिट गरिसकेपछी सागरको साथमा भएको पैसा ब्याग, मोबाईल फोन, बाहिरी लगाएको सम्पुर्ण कपडा र जुत्ता समेत लुटेरभागेको छ । भने कुटपिट पछि सागर सडकमा भित्री कट्टु र गन्जीमा बेहोस अवस्थामा थिए । घटना पछि सागरलाई हाईल्यान्ड हस्पिटलको इमर्जेन्सीमा पुर्‍याएको थियो । उनलाई लेभल १ ट्रमाको उपचार भईरहेको छ ।

अहिले सागरका साथि बिमला थापाले गोफन्ड बनाई छ सबैलाई सहयोगको लागि अपिल पनि गरेका छन् । गोफण्ड मार्फत सहयोग गर्न यहॅा तलको लिंकमा क्लिक गरेर सहयोग गर्न सक्नुहुनेछ ।

https://www.gofundme.com/f/stop-asian-hate-crime-in-oaklandcalifornia?utm_source=facebook&utm_medium=social&utm_campaign=m_pd+share-sheet&fbclid=IwAR1-ZM1Aq6EWwBeZ4qUmBKiOzw0Za5-N3KSoVoPtwRFjK-aI5z9e5WaagDk

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.