टेक्ससमा नेजाद्वारा सामुदायिक अन्तरक्रिया

वैशाख १९, ड्यालस (अमेरिका) । नेपाल अमेरिका पत्रकार संघ (नेजा) ले सामुदायिक अन्तरकृया सम्पन्न गरेको छ ।

आइतबार टेक्ससको अर्भिङमा ‘प्रेस र सामुदायिक सम्बन्ध’ विषयक अन्तरकृया कार्यक्रममा सहभागीहरुले नेपालीभाषामा अमेरिकाबाट प्रकाशित सञ्चारमाध्यबाट गरिएको अपेक्षा र गुनासो राखेका थिए । नेपालीभाषामा प्रकाशित सञ्चारमाध्यमहरुले सामुदायिक गतिविधिहरुलाई स्थान नदिएको, मिडियाले दुःख दिएको विषयमा टेक्ससका संघसंस्थाका पदाधिकारीहरुले गुनासो राखेका थिए ।

त्यस अवसरमा गैर आवासीय नेपाली संघ (एनआरएनए) अमेरिकाज क्षेत्रका संयोजक राम सी पोखरेलले वृत्ति विकासका लागि सहकार्य गर्न तयार रहेको प्रतिवद्धता व्यक्त गरे । त्यस अवसरमा नेपाल पत्रकार महासंघका पूर्व केन्द्रीय सदस्य सञ्जय घिमिरेले प्रवासमा रहेर सञ्चारकर्म गर्दाखेरिको वाध्यता, रोजीरोटीका लागि प्रमुख पेशामा संलग्न हुँदा पत्रकारिता सोखकारितामा सीमित रहेको उल्लेख गरे । ‘समुदायले मिडियाबाट अपेक्षा राख्ने, तर मिडियालाई बलियो बनाउने तिर चाहि ध्यान नपुगेको हो कि भन्ने देखिन्छ’ घिमिरेले भने । गोरखापत्र दैनिकका पूर्ब सम्पादक तारा बराल र नेजाका पूर्ब क्षेत्रीय संयोजक रामचन्द्र भट्टले सञ्चारकर्मीहरुले प्रेस विज्ञप्तिमा खोज्ने तत्वहरुका बारेमा प्रकाश पारेका थिए ।

कार्यक्रममा सहभागीहरुले अमेरिकामा रहेका नेपाली समुदायको लागि नेजा र सञ्चारमाध्यमहरुसँग सहकार्य गर्दै अघि बढ्दा समुदायलाई फाइदा पुग्नेमा जोड दिएका थिए । कार्यक्रममा नेपाली सांस्कृतिक तथा आध्यात्मिक केन्द्रका अध्यक्ष सुरेशचन्द्र पोखरेलले मिडियाबाट समुदायले राख्ने अपेक्षाका बारेमा मन्तव्य व्यक्त गरेका थिए ।

त्यस अवसरमा एनआरएनए टेक्सस च्याप्टर सचिव डा.  चण्डी भण्डारी, युलेस सिटी काउन्सिलका सदस्य टीका पौडेल, एएनएका अध्यक्ष विजराज भट्टराई, नेपाली समाज टेक्ससका अध्यक्ष राजेन्द्र वाग्ले, एनआरएनए अमेरिकाका पूर्व वरिष्ठ उपाध्यक्ष डा। अर्जुन बञ्जाडे, विनोद रिजाल, भुवन अधिकारी, ओजेश उप्रेती, गंगा शर्मा, धनञ्जय ढकाल, नवराज नाथ, सन्देश उप्रेती, हरि न्यौपाने, पिंकी यादव, जगदीश न्यौपाने, मुकेश यादव लगायतले नेजा र समस्त सञ्चारकर्मीबाट राख्ने अपेक्षाका बारेमा चर्चा गरेका थिए ।

नेजा अध्यक्ष विकासराज न्यौपानेको सभापतित्वमा भएको कार्यक्रमको सञ्चालन बाबुराम दाहाल र स्वागत मन्तव्य सुजन पण्डितले राखेका थिए । कार्यक्रमका बारेमा नेजाका महासचिव सुरज भण्डारीले प्रकाश पारेका थिए । नेजाले यस्तै खालको सामुदायिक अन्तरकृया कार्यक्रम अमेरिकाका अन्य सिटीहरुमा पर्ने गर्ने जनाएको छ ।

 

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.